आजदेखि नेपार सरकारको “हेलो सरकार” सेवा शुरु भएको छ । विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार” को सेवालाई तीन ’शिफ्ट’ मा विस्तार एवम् सञ्चालन गर्ने कार्यको आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभारम्भ गर्नुभयो ।
यसअघि नेपाल टेलिकमबाट मात्र सेवा प्रवाह हुने गरेकोमा विस्तार गरिएको कार्यक्रममा आजदेखि एनसेल सिमबाट पनि गुनासो राख्न सकिनेछ । गुनासोहरू फोन, इमेल, फेसबुक, ट्विटर, पोर्टल, भाइबर, ह्वाट्सएप लगायतका डिजिटल माध्यमबाट टिपाउन सकिनेछ । ’हेलो सरकार’ को डेस्कले प्राप्त गुनासोहरू तत्काल सम्बोधन गरी त्यसको जानकारी सम्बन्धित निवेदकलाई दिने व्यवस्था मिलाइएको छ ।
“हेलो सरकार”२४ सै घण्टा सञ्चालनका लागि तीन ’शिफ्ट’ को कार्यतालिका निर्माण गरी त्यही अनुरूप कर्मचारी व्यवस्थापनसमेत गरिएको छ ।।

English
MTV NEPAL MTVNEPAL


