पछिल्लो समयकी रुचाईएकी नायीका साम्राज्ञी राज्यलक्ष्मी शाह अहिले आफ्नो नयाँ चलचित्रको सुटिङका लागी फिलिपिन्स पुगेकी छिन् ।
नायक आर्यन सिग्देलको फिल्म कायराको लागी महंगो पारीश्रमीक लिएकी शाह सोहि फिल्मको सुटिङका लागी फिलिपिन्स पुगेकी हुन् ।
फिल्मका लागी आफ्नो गोप्य अंगको तल खोपिएको ट्याटुको तस्बिर सार्वजनिक भएपछि यतिबेला उनि तनावग्रस्त बनेकी छन् । फिलिपिन्समा नै एक आर्टिस्टले उनको ट्याटु खोपेका थिए ।
ट्याटु खोप्ने आर्टिस्टले नै उनको तस्बिर सार्वजनिक गरिदिएका थिए । जसलेगर्दा, उनको यो तस्बिर सर्वाधिक आलोचित पनि भयो । साम्राज्ञीको ट्याटुले नेपाली मिडिया र सामाजिक संजालमा हंगामा मच्चाएपछि ट्याटु खोप्ने आर्टिस्टले माफी मागेका छन् । उनले, साम्राज्ञीको अनुमति विना नै आफूले तस्बिर सार्वजनिक गरेको भन्दै उनी र उनका फ्यानसँग माफी मागेका हुन् ।
उनले साम्राज्ञीलाई पहिले जस्तै प्रेम गर्न फ्यानसाग आग्रह पनि गरेका छन् ।

English
MTV NEPAL MTVNEPAL


