२२ माघ, काठमाडौ । हामी मध्ये धेरैले प्रयोग गर्ने औषधीको धेरै ठुलो हिस्सा आयात हुने गरेको छ । औषधिमा स्वदेशी निर्भरता हुने कुरा बढ्दै गर्दा घरेलु उत्पादन एक हजार मात्र रहेको तथ्यांकले देखाएको छ । अझै करिब १५ हजारभन्दा बढी ब्रान्डका औषधि विदेशबाट आयात हुँदै आएका छन् ।
थप ६ वटा उद्योग तयारीमा रहेको नेपालमा औषधि उत्पादक स्वदेशी उद्योग करिब ५२ वटा मात्रै छन जसबाट सामान्य ज्वरो, रुघाखोकीदेखि पेट, मुटु, मधुमेह, नशा, मानसिक रोगलगायत गम्भीर रोगीका लागि अत्यावश्यक औषधि उत्पादन हुन्छन् ।
सरकारी स्वामीत्वमा रहेको एक मात्र उद्योग नेपाल औषधि लिमिटेडले २४ वैशाखदेखि उत्पादन थालेको छ ।
नेपाल औषधि आयातकर्ता संघका अनुसार भारत र तेस्रो मुलुकबाट नेपालमा औषधि भित्रिएको पाईन्छ ।
व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रका अनुसार आव ०७३÷७४ मा २४ अर्ब १८ करोड आठ लाख २२ हजार रुपैयाँको औषधिजन्य सामग्री आयात भएको थियो ।
यस्तै, चालु आव ०७४÷७५ को साउनदेखि मंसिरसम्ममा १० अर्ब ३९ करोड ८७ लाख रुपैयाँबराबरका औषधिजन्य सामग्री भित्रिएको देखिन्छ । साउनदेखि माघ मध्यसम्ममा करिब १० अर्बको स्वदेशी उत्पादन भएको उद्योगीहरुको दाबी छ ।

English
MTV NEPAL MTVNEPAL


