पोखराको मणिपाल शिक्षण अस्पताल, हेटौंडा लगायतका स्थानमा चिकित्सकमाथि भएको आक्रमण भएपछि अहिले चिकित्सकहरु सडकमै उत्रेर आन्दोलन गरिरहेका छन् । आज पनि काठमाडौंको माइतीघर मण्डलामा उनिहरुले विरोध प्रदर्शन गरे ।
चिकित्सकमाथी एकपटक होईन पटकपटक यसरी सांघातिक आक्रमण हुँदा पनि कारबाही हुन नसकेकोमा एक चिकित्सकले बताउाुभयो । उहाँले भन्नुभयो ।एक पटक होईन यहाँ पटकपटक चिकित्सकमाथी आक्रमण भएको छ। क्हिले वडाध्यक्षले कुट्याछ । कहिले हस्पिटलमै गुण्डा पठाएरु थर्कान्छि । हुँदा हुँदा नागरिकको सुरक्षाका निमित्त खटिने प्रहरी समेत चिकित्सले कुटेको अवस्था छ । यस्तो अवस्थामा पनि सरकार निरिह बनेको छ ।
उहाँले आक्रोश व्यक्त गर्दै देशमा चिकित्सक नै असुरक्षित भएपछि बिरामीलाई कसरी सेवा दिने भनेर प्रश्न समेत गर्नुभयो ?
बिरामी बचाउने डाक्टरलाई नै मार्ने धम्कि आउँछ । कतिबेला के हुन्छ नै टुंगो छैन अनि हामीले कसरी बिरामीलाई सेवा दिने । बिरामीलाई बचाउन पहिला डाक्टर त बाँच्नुप¥यो ।
आन्दोलनरत अर्का एक चिकित्सकले देशको यस्तै अवस्थाले अहिले डाक्टरहरु विदेशिरहेको बताउनुभयो । देशको यस्तै अवस्था छ ,सुरक्षा छैन ,सेवा छैन अनि को बस्छ । अहिले सबै विदेशिने अवस्थामा छन् । अहिले यहाँ जो ज जती छन् ती पनि विदेशिने तयारीमा छन् । अनि देशमा के हुन्छ । मसंगै डाक्टरी पढेको १०० मध्ये १० जना मात्र नेपालमा छौं होला आफै भन्नुस त अब के होला ?
उहाँले यस्तै अवस्था रहिरहे आगामी पुस्तामध्ये कोही पनि नेपालमा बस्न नचाहाँने बताउनुभयो ।
हामी त जसो तसो बसीरहेको छौं बसौंला अबको नयाँ को बस्छ नेपालमा आफै भन्नुहोस् त ?
उहाँले बिरामीलाई छाडेर यसरी सडकमा आउँदा आफुहरुको मन पनि खिन्न हुने बताउनुभयो । बिरामी हाम्रा भगवान हुन् तर अब यति नगरि नहुने भयो । बरु हामी यहिँ सडकमै पनि सेवा दिन तयार छौं ।
तर यसरी आफुहरु भने निरिह नबन्ने भन्दै दोषीलाई कारबाही नगरेसम्म आन्दोलन जारी राख्ने चिकित्सकहरूले चेतावनी दिएका छन् ।
अरु त कुरै छोडौं स्वास्थ्य मन्त्रिको समेत यसमा ध्यान गएको छैन । कस्तो बिडम्बना…
चिकित्सकमाथी एकपटक होईन पटकपटक यसरी सांघातिक आक्रमण हुँदा पनि स्वंम स्वास्थ्य मन्त्रालयले पनि केहि नबोलेको भन्दै उनिहरुले आक्रोश पोखका छन् । मात्र होईन स्वाथ्य तथा गृहमन्त्रिको राजीनामाको समेत उनिहरुले माग गरेका छन् ।
दोषीलाई कारबाही नगरिय देशव्यवापी आन्दोलन गर्ने उनिहरुको योजना छ । यसरी जिउँदा भगवानको दर्जा दिइने चिकित्सक नै असुरक्षित भए भोली देशको अवस्था के होला ? अस्पतालमा मृत्युसंग लड्दै गरेका बिरामीको अवस्था के होला ? सरकारले यसमा ध्यान दिनु पर्दैन । शिक्षकलाई सडकमै आउन बाध्य बनाउने हुँदाहुँदा सबैभन्दा संवेनशिल विषय ,स्वास्थ्य जस्तो कुरामा पनि सरकारले यतिसम्मको लापरवाहि गर्ने । जनताले के आशा राख्ने सरकारसंग ?

English
MTV NEPAL MTVNEPAL


