रोजगारका लागि विदेशिनेहरुको अहिले देशमा लहर चलिरहेको छ । जुन लहर झन् झन् लामो बन्दै गईरहेको अवस्था छ । उमेर हद र आफ्नो दक्षताले भ्यायसम्मका देशहरुमा युवाहरु भविष्य खोज्दै गहिरहेका छन् । त्यहाँ उनिहरुले भविष्य पाउँछन् या पाउँदैनन् थाहा छैन तर एउटा साथी विदेश गयो भने अर्को साथीले पनि भविष्य विदेशमा मात्रै रहेको ठहर भने पक्कै गर्छ ।
महँगी बढेको बढ्यै छ तर रोजगार छैन । भ्रष्टाचार मौलाएको छ नियन्त्रण छैन । व्यापार गर्न मन भएकासंग लगानी छैन् । श्रम छ श्रमको मुल्य छैन । शिक्षा छ स्वरोजगार छैन । त्यसो भए के छ देशमा ? बरोजगारी नै बरोजगारी छ । अस्थिर राजनितिको चपेटामा देश डुबिरहेको छ देश । जता हे¥योे वितृष्णै वितृष्णा……..यस्तो बिग्रदो अवस्थाका कारण कोही पनि देशमा बस्न चाहाँदैनन ।
देश पुरै डुब्दै गईरहेको छ । विदेशिको चंगुलमा फसिसकेको छ देश । देशको डोरो नै बाहिरि शक्तिको हातमा छ । देशको आफ्नोपन नै विलिन बन्दै गईरहेको छ ।
नितिनियम,धर्म,संस्कृति भेषेभुषा ,खानपिन सबै आयातित । अनि देशबाट निर्यात हुन्छन् त केवल उर्जाशिल युवा ..
देशलाई आफ्नो कब्जामा पार्न बाह्य शक्ति यसरी लागिपरिरहेको छ । विश्वभर विर गोर्खालीको देश भनेर चिनिएको देशलाई गुलाम बनाउने ध्याउन्नमा लागिपरेको छ बाह्य शक्ति । जुन शक्तिको प्रभाव नेपालमा देखिन पनि थालिसकेको छ ।
विभिन्न बहानामा नेपालमाथी आफ्नो वर्चश्व बढाईरहेको नै छ त्यो शक्तिले जसका कारण अहिले हामी देख्न सक्छौं ..गरिब झन् गरिब हँुदै गईरहेका छन् हाम्रो देशमा । उक्त शक्तिले नेपालका हरेक क्षेत्र आफ्नो हातमा लिईसकेको छ र देशमा यस्तो अवस्था सृजना गरेको छ जस्का कारण सामान्य जिविकोपार्जन गर्न समेत अहिले हम्मे हम्मे छ सर्वसाधारणलाई । बाह्य शक्तिले हरेक सेवासुविधा आफ्नो हातमा लिँदै नेपालीलाई देशमा बस्नै नसक्ने स्थिति निम्त्याईसकेको छ । हरेक कुरा महँगो छ । आयस्तर राम्रै भएकालाई यसले फरक नपारेपनि निम्न आय भएका व्यक्तिहरुले अब घरखर्च चलाउन पनि परदेशिन पर्ने बाध्यत्मक अवस्था निम्तिएको छ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अहिले हर्ने हो भने दिनुँु हजारौंको संख्यामा युवाहरु बाहिरिरहेका देखिन्छन् । एकै दिन ४३ वटासम्म पनि अन्तराष्ट्रिय फ्लाईट हुने गरेको विमानस्थलमा कार्यरत एक कर्मचारीले जानकारी दिए ।
विमानस्थलमा हेर्ने हो भने घर खर्च चलाउन भनेर खाडी जान लागेका युवा जो विदेश जानकै लागि पहिलो पटक आफ्नो देशको राजधानीको अनुहार देख्न पाएका छन् भने कोही भरखर +२ पास गरि उच्च शिक्षा अध्ययनका लागी लाखौंको ब्यांकब्यालेन्स देखाई लाखौं खर्च गरेर विदेश जान लागेका देखिन्छन् ।
जे होस् काम गर्न विदेश जानेको जत्तिकै संख्या शिक्षाका नाममा देश छाड्नेहरूको पनि देखिन्छ अझँ त्यो भन्दा पनि धेरै हुन्छ । किनकी तुलनात्मक रुपमा हेर्ने हो भने खाडी भन्दा युरोप जानेहरुकै संख्या बढी छ ।
के साँच्चै देशमै अवसर अनि सम्भावना देखेको भए उनिहरु जान्थ्ये त ? पक्कै पनि जादैनथे । “किनकी जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ”आफु जन्मे हुर्केको ठाउँ स्वर्ग भन्दा पनि प्यारो हुन्छ । तर बिडम्बना जन्मभुमि नै बाहिरि तत्वको कब्जामा परेपछि नेपालीहरु अहिले बाँच्नकै लागि भएपनि देश छोड्नै पर्ने बाध्यतामा पुगेका छन् ।
तर सबैभन्दा ठुलो विषय यो छ कि खाडीमा काम गर्न हिँडेको एउटा नेपाली त दुई चार वर्षमा पक्कै स्वदेश फर्किन्छ । तर नेपालमा भविष्यै नै नदेखि शिक्षाका लागी बाहिरिएकाहरु भोली स्वदेश फर्केलान त ? सपनाको देशमा पुगेका ती युवा सपनाको देश छोडी नेपाल फर्केर आउलान ? अहँ उनीहरू सायदै देश फर्किएलान् ।
यसरी देशको उर्जाशिल ,शिक्षित युवा नै पुर्ण रुपमा विदेशिपछि नेपालमा बाँकी को रहलान् ? ती अंगिकृतहरु नै हाबी भएर आफ्नै देशमा रैथाने नेपाली खोज्नुपर्ने अवस्था नआउला र एकदिन ?
अनि देशमा तीनै उमेरले डाडाकाँडा ढाकेका वृद्धवृद्धा अनि अशक्त व्यक्ति मात्रै । उमेर भाका अलिअलि शरिरमा जोस भाका हरुको जीवन पनि खाडाी आउँदै जाँदै गर्दै ठिक्क । अनि के हुन्छ देशको अवस्था ? सरकारको यसमा ध्यान खोई ? ती उर्जाशिल उमेरसमुहलाई देशभित्रै रोक्ने नीति खोइ ? विदेशबाट फर्किकाहरुले देशमै बस्ने वातावरण बनाउनु पर्दैन ।
देशको माया भएर मात्र के गर्नु युवालाई बाहिर जानै पर्ने अवस्था छ । यस्तै अवस्था आईरहे भोली नेपालमा कोही बित्दा मलामी जाने मान्छेधरि भेटिन मुस्किल हुने दिन आउँछ ।
हरेक वर्ष यति नेपाली उति नेपाली बाहिरिय भनेर तथ्य सार्वजनिक गर्ने सरकारसंग ती गएका मध्ये कति नेपाली फर्किएका छन् भन्ने कुनै रेकर्ड छ ?
यसविषयमा बुझ्न हामीले अध्यागमन विभागमा सम्पर्क गर्ने कोशिस ग¥यौ । अचम्म छ… नेपालका अधिकांश ठुला सरकारी निकायका सुचना अधिकारीहरुलाई नै उक्त कार्यालयसंग सम्बन्धित सुचना हुँदैन । कतिपय सुचना अधिकारी त झन् कहिल्यै फोन उठ्दैनन । अनि जनताले कसरी सुचना पाउनु ? सुचना अधिकारी खिमराज भुसालबाट शुरु भएको हाम्रो टेलिफोन सम्पर्क अध्यागमन अधिकृतसंगै ५÷६ जना कर्मचारीसम्म पुगेपछि मात्र हामीले यो डाटा पाउन सक्यौं ।
अध्यागमन विभागका अनुसार गएको भदौ महिनामा मात्र १,३९,३१९ जना नेपाली देश छोडी परदेशिएका छन् । अध्यागमन अधिकृत खेमराज सापकोटाका अनुसार सो अवधिमा नेपाल फर्किनेहरुको संख्या ९४,२४८ मात्र रहेको छ । हामीसंगको टेलिफोन कुराकानी उहाँले भन्नुभयो दैनिक २ हजारदेखि २,५०० सम्म नेपाली बाहिरिने गरेका छन् । उहाँले युरोप भन्दा खाडी जानेहरुको संख्या धेरै रहेको बताउनुभयो । तर कुरा यहाँ बाँझिन्छ किनभने विभिन्न एजुकेशनल कन्सल्टेन्सिले आफ्नो ईन्स्टिच्युटद्धारा बाहिर जान लागेको विद्यार्थीहरुको फोटोहरु प्रष्ट्याइरहेका देखिन्छन् । तर अध्यागमनको तथ्यांकमा गएको भदौमा ७५ जना विद्यार्थी मात्रै स्टडी भिसामा बाहिरिएको देखिन्छ । त्यसो भए ती सयौं कन्सल्टेन्सिका विद्यार्थी एयरपोर्ट नभई कुन मार्गबाट बाहिरिदा रहेछन् यो पनि अचम्मको विषय छ ।

English
MTV NEPAL MTVNEPAL


