काठमाडौं । काठमाडौंको बालाजुबाट फेरि पाँच किलो सुन बरामद भएको छ । सुनसहित एक व्यक्ति पनि पक्राउ परेका छन् ।महानगरीय प्रहरी परिसरको टोलीले बालाजुको तीनपिप्ले भन्ने स्थानमा चेकजाँच गर्दा सोमबार बेलुकी पाँच किलो सुन बरामद भएको परिसरका डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए ।सुनसहित रसुवाका १८ वर्षीय सोबहादुर तामाङ पक्राउ परेका हुन् ।उक्त सुन रसुवागढी नाकाबाट भित्राइएको प्रहरीले जनाएको छ ।पक्राउ परेका व्यक्ति भरिया मात्र रहेको र सुन धनी अर्कै व्यक्ति रहेको अनुमानमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।प्रहरीले अहिले ११ बजे पत्रकार सम्मेलन आयोजना गरेर उनलाई सार्वजनिक गर्ने तयारी गरेको छ ।यसअघि ९ असोजमा रसुवाढी नाकाबाटै अवैधरुपमा भित्राइएको तीन किलो सुनसहित टोखाबाट दुई जना पक्राउ परेका थिए ।सोमबार पनि त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक विडेश भुनियालाई २ सय ७ ग्राम अवैध सुनसहित प्रहरीले पक्राउ गरेको थियो ।

English
MTV NEPAL MTVNEPAL


