लाजै नमानी प्रधानमन्त्री प्रचण्डले रेशम चौधरीलाई माफी दिएको स्विकारे

आजका लागी तोकिएको संसद वैठक शुरु भएको छ । विषेश गरि सांसदहरुले प्रश्न सोध्ने र प्रधानमन्त्रीले त्यसको जवाफ दिने आजको प्रमुख कार्य सुचि छ । जस अन्तर्गत संसद बैठकमा अहिले सवाल जवाफ चलिरहेको छ ।

बैठकमा सांसद एकनाथ ढकालले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बारेमा प्रश्न उठाउँदा प्रधानमन्त्री प्रचण्डले सरकार विधिको शासनमा प्रतिवद्ध रहेको र अदालतको निर्णयको सम्मान गर्दै कार्यान्वय गर्दै आएको बताए । त्यसमा थप्दै उनले प्रचलित कानुन बमोजिम नै रेशम चौधरीलाई कैद माफी दिएको बताएका छन् ।

जबकी संविधानमै उल्लेख छ कानुन भन्दा माथि कोहि हुँदैन भनेर । कानुन पालक सर्वोच्च निकायले नै रेशम चौधरीसंग सम्बन्धित मुद्दामा यो जस्तो क्रुर घटना अरु हुन नसक्ने र यसमा सबैभन्दा ठुलो दोषि नै चौधरी रहेको पुष्टि गरिसकेको छ । उनलाई माफी दिनु संविधान विपरित रहेको भन्दै यसमा सरकार चुकेको पनि उल्लेख गरेको छ ।

त्यसो भए प्रधानमन्त्री ज्युले कुन संविधान अनुसार माफी दिनुभयो ? हत्या जस्तो क्रुर घटनामा संलग्न मुख्य दोषीलाई नै सरकारको तर्फबाट माफि दिएको कुरो कुनै लज्जा बिना संसदमा प्रष्ट्याई रहेका प्रधानमन्त्री । राजनितिक आडमा जस्ता पनि अपराधि छुट्ने भए देशको गति के होला ? प्रधानमन्त्री जस्तो सम्माननिय व्यक्तित्वले नै आफ्नो गल्तिलाई गल्ति नमानी त्यसमै गर्व गर्नु कत्तिको जायज होला ?

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com