पार्किङ गरेका मोटरसाइकल चोरी गर्ने पक्राउ

पार्किङ गरिएको अवस्थामा सिंहदरबारबाट मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बा १ प ९९१३ नम्बरको मोटरसाईकल महिला बालबालिका तथा श्रम मन्त्रालयको अगाडि पार्किङ गरेको अवस्थामा गत चैत १ गते चोरी भएका थिए पक्राउ पनेमा सोही मन्त्रालयका कार्यालय सहयोगी ललितपुर पुल्चोक घर भइ चितवन रत्ननगर नगरपालिका–७ का ३२ वर्षीय रमेश सुनार र उनकै भाइ चितवन रत्ननगर नगरपालिका–७ बस्ने ३० वर्षीय दिनेश सुनार रहेका छन् । मोटरसाइकल चोरी भएपछि महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट अनुसन्धानमा खटिएको प्रहरीले रमेशलाई बुधबार नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । सोही क्रममा उक्त मोटरसाइकल दिनेशलाई दिएको खुलेको थियो । र, इलाका प्रहरी कार्यालय टाँडी चितवनको समन्वयमा मोटरसाइकल सहित दिनेशलाई समेत बिहीबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com