नेपाल–जर्मनी श्रम सम्झौता मात्रै..कहिले खुल्छ टुंगो छैन जर्मन भाषा पढाउनेदेखि नक्कली कागजात बनाउनेहरुको ठगिधन्दा शुरु

यहि वर्षको असोज १९मा पूर्वी युरोपेली देश रोमेनिआसँग नेपालले श्रम सम्झौता ग¥यो , यस्तै असोजकै २३ गते अर्को युरोपेली देश जर्मनीसँग पनि श्रम सम्झौता ग¥यो ।

नेपाली कामदारका लागी रोमेनिया नौंलो गन्तव्य होईन । उसो त जर्मनीमा पनि नेपालीहरु गएकै छैनन् भन्ने त होइन , अध्ययन तथा कामकै लागि समेत भनेर विभिन्न माध्यमबाट पुगेका हजारौँ नेपालीहरु जर्मनीमा छन् तर जर्मनीसंगको श्रम सम्झौताले वैदेशिक रोजगारीमा जान चाहाने नेपालीहरुमा भने खुशी थपिदिएको छ । जर्मनी नेपाली कामदारका लागि सुखद गन्तव्य बन्छकी भन्ने धेरैले अपेक्षा गरेका छन् । किनकी हजारौँका सङ्ख्यामा नेपाली श्रमिकहरू युरोपका विभिन्न देशहरुमा काम गरिरहेको भए पनि यसअघि रोमेनिया बाहेक नेपालको कुनै पनि युरोपेली देशसँग श्रम सम्झौता भएको थिएन ।

खाडी मुलुक भन्दा युरोपेली देशहरुलाई नेपाली कामदारहरुले अलि सुरक्षित गन्तव्य ठान्ने गरेका छन् । युरोपेली देश जानका लागि विभिन्न एजेन्टको भर पर्दा नेपालीले लाखौँ रुपियाँ तिरेर ठगीमा पर्ने गरेका थुप्रै घटना छन् । नेपालीहरू भिजिट भिसा, अवैध बाटो हुँदै समेत युरोपका विभिन्न मुलुकमा पुग्ने गरेका छन् । गईहाले पनि राम्रो काम नपाउने , विदेश जान लागेको ऋण तिर्ने पैसा कमाउन नपाउँदै फर्किनु पर्ने यस्ता यावत समस्या छन् तर अब यी दुईदेशसंगको श्रम सम्झौता पछि भने यस्ता समस्याबाट मुक्त भईन्छ की आशा नेपाली कामदारको छ ।

यता श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समेत समझदारी अनुसार जर्मनी जाँदा श्रमिकहरूले कुनै पनि शुल्क तिर्नु नपर्ने बताएको छ । अहिले कुन–कुन क्षेत्रमा जर्मनीले नेपाली श्रमिक लैजाने भनेर ताकेको त छैन । तर निर्माण क्षेत्र, फ्याक्ट्रीलगायत क्षेत्रमा श्रमिक माग हुने मन्त्रालयको अनुमान छ । त्यसो त जर्मनीमा अहिले अदक्ष ओपेअर (घरेलु सहयोगी) देखि कृषि तथा औद्योगिक क्षेत्रमा दक्ष र उच्च दक्ष कामदारको समेत माग हुने गरेको छ ।

सम्झौतामा जर्मनीमा नेपाली कामदारहरुले प्रशिक्षार्थी श्रमिकका रूपमा गएर एक वर्ष त्यहाँ सीपमूलक तालिम लिनुपर्नेछ तब मात्र त्यहाँको श्रम बजारका लागि योग्य ठहरिनेछन् ।

ज्यालाको तुलनामा पनि रामेनिया भन्दा अलि बढी सुविधा जर्मनीको रहेको छ । वैदेशिक रोजगार व्यवसायीहरू भने रोमेनियमा नेपाली अदक्ष कामदारहरूले अहिले नै कम्तीमा पाँच सय युरो अर्थात झण्डै ७० हजार रुपैयाँ को सम्झौतामा गइरहेको बताउँछन् । जर्मनीले कम्तिमा पनि ६ सय युरो अर्थात झण्डै ८४ हजार रुपैयाँ नेपाली कामदारलाई दिने उनिरुको दाबी छ ।

सम्झौताले अदक्ष, अर्धदक्ष कामदार मात्रै नभई दक्ष कामदारको सङ्ख्या समेत बढ्ने आँकलन गरिएको छ । हालको समयसम्ममा प्रायः युरोपेली कम्पनीहरूले श्रमिकका आउने ÷जाने र भर्ना प्रक्रियाका खर्च बेहोर्ने गरेका छैनन् । यसकारण युरोपियन देशहरु नेपाली कामदारका लागि महंगो मानिन्छन् । त्यसैले यी विषयलाई श्रम सम्झौतामा स्पष्टसँग समेट्नुपर्ने श्रमविज्ञहरुले कुरा उठाइरेहका छन् तर सरकारले यसविषयमा अहिलेसम्म कुनै धारणा सार्वजनिक गरिसकेको छैन । “कम्तीमा त्यहाँका नागरिक सरहको सेवा सुविधा सुनिश्चित हुनुपर्ने श्रमविज्ञको भनाँई छ । ”

हामीसंगको टेलिफोन कुराकानीमा श्रम मन्त्रालयका प्रवक्ता तथा सह–सचिव डण्डुराज घिमिरेले अहिले जर्मनीसंग पहिलो चरणको सम्झौता मात्रै भएको बताउनुभयो । “पछि अन्य समस्या हुन सक्छन् ,जस्तो नेपाली कामदारहरुले त्यहाँ झेल्नुपर्ने व्यवहारिक तहमा अफ्ठयाराहरु हुन्छन् हो त्यस्ता मुद्दालाई समेट्न थप चरणका श्रम सम्झौताहरू पनि हुनेछ ” । श्रमिकको देश र श्रम गर्न जाने देशमा महत्त्वपूर्ण नीति–नियम परिवर्तन हुँदा वा अन्तर्राष्ट्रिय कानुनहरूमा ठूला फेरबदल हुँदा श्रम सम्झौताहरू अद्यावधिक गरिन्छन् ।

खैर,जर्मनीसंगको श्रमसम्झौताले नेपाली कामदारलाई हर्ष लाग्नु स्वाभाविक नै ..वैदेशिक रोजगार व्यवसायीले त झन् नेपाली कामदारलाई युरोपियन देशहरुले पत्याउनु नै सबैभन्दा ठुलो कुरा रहेको धारणा व्यक्त गरिरहेका छन् । सरकारलाई झन् सम्झौता ग¥यो पुग्यो , ठुलै उपलब्धि भईहाल्यो । यसका आगामि प्रक्रिया के हुन्छ ? त्यहाँ जाने कामदारका लागि कस्ता रिक्वारमेन्टहरु छन् ? अथवा कहिलेसम्म नेपाली कामदारले त्यहाँको लागि प्रोसेस् चाल्न सक्छन् ? भन्नेबारेमा कुनै पनि एउटा पक्का सुचना समेत सम्प्रेशण गरेको छैन ।

यसले गर्दा रोजगारिका निम्ति जर्मनी जाने सोच बनाएका युवाहरु अलमलमा परेका छन् भने उनिहरुको यहि अन्योलता फाईदा उठाउन विभिन्न खाले एजेन्टहरु सल्बलाउन थालेका छन् । सामाजिक सञ्जालहरुमा गलत गलत सुचना सम्पे्रशण गर्दै युवाहरुलाई ठगिरहेका छन् । यति समयमा खुल्छ यस्ता रिक्वारमेन्ट छन् भन्दै विभिन्न कागजात बनाईदिने भन्दै ठग्ने देखि महंगो शुल्कमा जर्मन भाषा अध्ययन गराउने ईन्स्टिच्युटहरु बजारमा अहिले छया्पछ्याप्ति देखिन्छन् । यसको निरिक्षणमा पनि कसैले चासो राखेको देखिदैंन । युवाहरुपनि सहि जानकारी नखोजीकनै ÷कुनै विश्वासिलो आधार नै नभई पनि अरुको लहलहैमा लागेर आफै ठगिन पुग्ने गरेका छन् ।।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com