दोलखाका ६७ वर्षिय हर्कमान श्रेष्ठ (नाम परिवर्तन) अहिले काठमाडौंमा रहेको एक वृद्धाश्रममा बस्छन् । करिब ४० वर्ष अघि संघर्ष गर्न काठमाडौं आएका उनले दिनरात नभनि सुख दुख गर्दै काठमाडौंको कपनमा एउटा घर बनाउन सफल भए । उनका दुई छोरा र एक छोरी छन् । आफुले पढ्न नपाएपनि छोराछोरीलाई राम्रो शिक्षा दिने सपना देखेका उनले छोराछोरीलाई राम्रै स्कुल÷कलेज पढाएपनि… । उच्च शिक्षाका लागि ठुलो छोराले अष्ट्रेलियाको सपना देखे पछि उनले छोरोलाई अष्टे«लियामा पढ्न पठाए । पढ्न गएको छोरो उतै बिहेवारी गरेर बस्यो । अर्को छोरो क्यानडा पुग्यो । रहिन् एउटी छोरी…. त्यहि छोरी पनि अमेरिकामा बस्ने केटोसंग बिहवारी गरेर उतै गईन् । तबसम्म पनि ठिकै थियो कहिलेकाहिँ छोराछोरीसंग भिडियोकलमा कुराकानी हुन्थ्यो । छोराछोरी टाढा भएपनि मनको बह पोख्न साथमा बिरामिले थला परेकि बुढिया थिईन् । छोराछोरीको न्यास्रो लागेपनि बुढाबुढी एकअर्काको मुख हेरेर पनि सास बचेको थियो । त्यहि बुढियाको पनि स्वास गएदेखि भने उनि एक्लो हुन पुगे ।
उनीसंग धनसम्पति नभएको होईन ..उनले आफ्नो परिवारलाई पुग्ने धनसम्पत्ति कमाएका थिए । उनको परिवार पनि नभएको होईन २ भाई छोरा र १ छोरी पनि थिईन् तर अहिले बुढेसकालमा अहिले उनि एक्लो जिवन बाँच्न बाध्य छन् । अष्ट्रलियमा बस्ने छोरोले नाति जन्मायो रे उनले खबर मात्र सुनेका हुन् नातीको अनुहार अहिलेसम्म पनि देखेका छैनन् । क्यानडामा भाको छोरोले पनि पहिलेजसो कुराकानी गर्न छोड्यो । उता छोरी आफ्नै संसारमा रमाएकि छन् । घर पुरै भाडामा दिईएको छ । घरभरि भाडामा बस्ने मान्छे थिए तर उनिसंग बोल्नलाई कोहि थियनन् । दुखबिरामी हुँदा तातोपानि दिने कोहि थियनन् । एक गाँस तातो भात पकाएर दिने कोहि छैनन् । छतको एउटा सानो कोठामा बस्दाबस्दा एक्लोपनले निस्सासिनथाले पछि उनले वृद्धाश्रमको बाटो रोजे । कमसेकम आफुजस्तै बढा संगी बनाउँला, बुढयौलिका कुरा गर्न पाउँला भनेर उनि वृद्धाश्रममा बस्छन् । बाहिर रहेका छोराछोरीले पनि एकचोटी पनि नजानु बुवा हामी आउँछौं या यतै हामी बस्ने ठाउँमा ल्याउछौं भनेनन् । बरु अब झन् आनन्दै माने ।
उनले जिवनभर दुख गरेर बनाएको काठमाडौंको महँगो घरको छानोले उनलाई नै ओत दिन सकेन बरु वद्धाश्रमकै छत प्यारो छ । समाजमा अरुले भनेको सुन्दा फलानो छोरो अमेरिकामा छ ÷अष्ट्रेलियामा छ , छोरी फलानो ठाउँमा छ भनेर भन्दा गर्व गर्दा उनलाई खिन्न लाग्छ । भएको घर अर्कैको जिम्मामा छ । महिनाभरि उठेको घरभाडा पनि उहिँ विदेश बस्ने छोराकै खातामा जान्छ । उहाँ भन्नुहुन्छ “जिवनसाथी पनि नहुँदा कोहि नि आफ्ना नहुने रैछन् । त्यो घर के काम छ र ती छोराछोरी के काम लागे ? आफैले जन्माएका सन्तान त आफ्ना भएनन् ”। यतिभन्दै गर्दा उहाँको आँखा आँसुले भरिएको देखिन्थ्यो ।
यो उहाँको मात्रै कहाँनी होईन देशका हरेक वृद्धाश्रम, मानवसेवा आश्रममा रहेका बुढा बा–आमाको कहानी हो । जो अब हरेक नेपाली घरघरको कहानी बन्दै गईरहेको छ । कसैका छोरा बुहारीले सम्पत्ति कुम्लायर बा–आमालाई वद्धाश्रममा राखेका छन् । त कोही वेवारिसे बनेर आएका छन् । कोही बुढयौली काट्न । सबैका आआफ्नै कथा व्यथाहरु छन् ।
पछिल्लो समय युवाहरुको वैदेशिक मोह दिनँहु बढिरहेको अवस्थामा ती युवाहरुलाई जन्मदिने उनका आमाबाबुको भने बुढृसकालमा विचल्ली हुन थालेको छ । छोराछोरी जन्मायो, हुर्कायो,पढायो…. दिनरात पनि नभनि मरिमेटि गरेर उनिहरुका ईच्छाचाहाना परिपुर्ति गर्नका लागि आफ्नो जिवन नै समर्पित गरेका आमाबुवा बुढेसकालमा उनै छोराछोरीहरुबाट सुखानुभुत गर्ने समयमा घर न घाटको हुन पर्ने अवस्था आएको छ ।
सानोमा छोराछोरीलाई अलिकति पनि चोट लाग्दा सारा दुनियाँलाई एक गर्न पछि नपर्ने बुवाआमा आमा बिरामि परेर थला पर्दा पनि पानि ततायर दिने मान्छे भेटिदैंनन् । एकछिन पनि छोराछोरीलाई आफ्नो आँखा वरपरबाट टाढा राख्न नसक्ने बाबुआमालाई छोडेर आज तिनका सन्तान सात समुन्द्र पारी पुगेका छन् । छोराछोरीलाई ठुलो मान्छे बनाउन आफ्ना हरेक सपना त्यागेका बाबु आमाका तिनै सन्तान आज आफ्नो सपना पुरा गर्न बाबुआमालाई नै भुल्न थालेका छन् ।
मातापितालाई भगवान मानेर पुज्ने समाजका अहिलेका सन्तान बाबुआमालाई आफ्नो सपनाको अगाडि घाँडो मान्छन् । बच्चालाई सानोमा फकाउन÷उनिहरुको अनुहारमा खुशि ल्याउन अनेक युक्ति लगाउने ÷अनेक कथा सुनाउने बा आमाको बोली सुन्न अहिले ति सन्तानलाई झिंजो लाग्छ । कुनै बेला बाजेबज्यै , बुवाआमा ,छोराछारी , फुपु अंकल सबै एकै घरमा गफ गर्दै खाना खाने, रमाईलो गर्ने नेपाली परिवारमा अहिले बुढा बाबुआमा बाहेक अरु परिवारका सदस्यनै भेटिदैंनन् । पहिले पहिले बुढापाका प्रेरणाका श्रोत ,आदर हुन्थये भने अहिले छोराछोरीले सपनाको बाधक मान्ने गर्छन् ।
पहिले पहिले त केहिवर्षको अन्तरालमा भएपनि चाडवाडका मौका छोपि पनि ति विदेशिएका छोराछोरी स्वदेश फकिन्थ्ये । केहिसमयका लागि भएपनि घरमा खुशिको माहोल छाउँथ्यो तर पछिल्लो समय त घरमा रहेको ति वृद्ध बाआमाको निधन भएपनि दाहासंस्कार गर्न समेत ति सन्तान आउँदैनन् । त्यसैले पनि अहिले शहरका कयौं हस्पिटलमा आफन्त कुरेर बसेका सयौं लासहरु भेटिन्छन् । जानआउन खर्च बढी हुन्छ भनेर दाहासंस्कार समेत भाडामा गर्न लगाउन थालिएको छ । कठै मेरो समाज…..कठै मेरो देश….
अब भन्नुुस् हाम्रो समाज कता जाँदैछ आखिर ? के शिक्षा दिईरहेका छौं हामी ? के शिक्षा लिईरहेका छन् हाम्रा सन्ततिले ? कहाँ जाँदैछ हाम्रो समाज ? कहाँ रह्यो हाम्रो पारिवारिक मोह ? कहाँ रह्यो हाम्रो आत्मियता ?

English
MTV NEPAL MTVNEPAL


