२७ मंसिर । नेपाल आईडलका विजेताहरु बुद्ध लामा, निशान भट्टराई र प्रताप दास अमेरिका जाने भएका छन् । नयाँ वर्ष २०१८ को लागी हुने सांगितिका कार्यक्रममा सहभागित हुन उनिहरु अमेरिका जाने भएका हुन् ।
नेपाल आइडल टप थ्री युएस टुर नामक उक्त कार्यक्रम अमेरिकाका विभिन्न शहरहरुमा हुने तय भएको छ ।
केटीएम इनटरटेन्टमेन्टको आयोजनामा हुने उत्कृष्ट तीन अमेरिका यात्रा नामक कार्यक्रम अमेरिकाका बिभिन्न राज्यहरुका बिभिन्न शहरहरुमा नयाँ वर्ष २०१८ मा बेजोड प्रस्तुति हुने भएको छ ।
यस अघि उनीहरुले प्रथम नेपाल आइडलका तीन बिजयीहरुले नेपाली समुदायको जनघनत्व ज्यादा भएका देशहरुमा आफ्नो प्रस्तुति देखाई सकेका छन् ।
नयाँ वर्ष २०१८ को जनवरी ११ देखि फेब्रुअरी १८ सम्म अमेरिकाका बिभिन्न शहरहरुमा कार्यक्रम हुनेछ ।
आयोजकले दिएको जानकारी अनुसार जनवरी ११ तारिख न्यूयोर्कको मेलरोज बलरुम, जनवरी २१ तारिख बोस्टन को वनडरल्याण्ड बलरुम, यसै गरी जनवरी २६ तारिख मेरिल्याण्डको टाउसनको टोरेन्ट लंज तथा जनवरी २७ तारिख भर्जिनियाको अर्न्स्ट कम्युनिटी कल्चर सेन्टरमा हुने भएको छ ।
यसै गरी फेब्रुअरी २ तारिख टेक्ससको ड्यालसको हाउस अफ ब्लुमा,फेब्रुअरी ३ तारिखमा अस्टिनको सहारा लंजमा,यसै गरी फेब्रुअरी १० तारिख ह्युस्टनको हाउस अफ ब्लु तथा फेब्रुअरी ८ तारिख क्यालिफोर्नियाको ओकल्याण्डको ओकल्याण्ड स्कोटिस रुल तथा फेब्रुअरी ९ तारिखमा क्यालिफोर्नियाको सन्फ्रानसिस्कोको मेजानिनमा हुने भएको छ ।
यसै गरी फेब्रुअरी १० मा नै लस एन्जेलसको एलरे थेटरमा,फेब्रुअरी १६ मा वाशिंगटनको शोर्लिन कन्फेरेन्स सेन्टर, फेब्रुअरी १७ मा मिजौरी को दी पिजेन्ट तथा फेब्रुअरी १८ मा मिनासोटाको अर्फीम थेटरमा हुने भएको छ ।
हालसम्म तय भएको १३ वटा शहरका सबै स्थानमा कार्यक्रम साँझ ६ बजे राखिएको आयोजकले जानकारी दिएका छन् ।
कार्यक्रमका लागि नेपाल आइडलका विजयीहरूसँगै कार्यक्रम संचालनका लागि सुशील नेपाल आउने छन् भने अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको लागि डिजे राकेशसँग सम्पर्क गर्न सकिने आयोजकले जनाएका छन् । सबै मिति र तिथिको प्रस्तावमा आएको आयोजकले जनाएका छन् ।

English
MTV NEPAL MTVNEPAL


