चितवन च्याम्पियनसिप कप–२०७४’ भोलिबाट सुरु

माघ १५-फुटबल खेलमा स्थानियस्तरका खेलाडीहरु राष्ट्रिय पहिचान गराउने उद्देश्यसहित मंगलबारखि सुरु हुने चौथो चितवन च्याम्पियनसिप कप–२०७४ तयारी पुरा भएको छ ।
भरतपुर (जुनियर प्रहरी अधिकृत शिक्षालय)मा मंगलबारदेखि फागुन २ गतेसम्म हुने प्यासिफिक कलेज अष्ट्रेलिया चौथो चितवन च्याम्पियनसिप कप–२०७४ को तयारी पुरा भएको हो ।
१६ टिम सहभागी प्रतियोगिताको भोली उद्घाटन खेल बसन्तपुर यूनाइटेड क्लव माडीका विरुद्ध हर्दी युवा समाज भण्डाराबीच हुने आयोजक क्लवका अध्यक्ष अशोक देवकोटाले बताए । चौर व्यवस्थापन देखि उद्धघाटन सबै कार्यको तयारी पुरा भएको उनले बताए । उद्धघाटन बाहेक अन्य दिन खेल हेर्न टिकटको समेत ब्यबस्था गरिएको आयोजकले जनाएको छ।

एक समारोहका विच चितवन क्षेत्र नम्बर २ का सासंद कृष्णभक्त पोख्रेरलले खेलको औपचारिक उद्धघाटन गर्ने छन् ।
प्रतियोगिता अविधि भरमा विभिन्न दलका शिर्ष नेताहरु पनि खेल हेर्न सहभागी हुने आयोजक एभरेष्ट क्लवका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । उनले प्रतियोगिता जिल्ला स्तरिय खेलहरु मध्य देशकै सर्बाधिक धनराशि पुरस्कार रहेको र झण्डै ४० हजार दर्शकले अबलोकन गर्ने अनुमान गरिएको दाबि गरे ।

पहिलो चरणको खेल १७ गते रामनगर फुटवल क्लव विरुद्ध नारायणगढ फुटवल क्लव, १८ यूनिक फुटवल क्लव भरतपुर विरुद्ध रामपुर फुटवल क्लव, १९ दी फेमस दल गण आर्मी भरतपुर विरुद्ध गैंडाकोट फूटवल क्लव, २० अभिषेक चर्च रजहर विरुद्ध जु फुटवल क्लव जुगेडी, २१ भरतपुर फुटवल क्लव विरुद्ध टाँडी यूनाइटेड फुटवल क्लव, २२ नारायणी फुटवल क्लव विरुद्ध जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर र २३ गते नयाँ वस्ती फुटवल क्लव विरुद्ध आयोजक एभरेष्ट फुटवल क्लव रहने पनेरुले बताए ।
माघ २४, २५ २६ र २७ गते क्वाटर फाइनलका खेल हुने छन् । त्यस्तै २८ र २९ गते सेमीफाइनल तथा फागुन २ गते फाइनल खेल हुने क्लवका अर्का सल्लाहाकर सुरज सिंह ठकुरीले जानकारी दिए ।
प्रतियोगितामा पहिलो हुनेले पुरस्कार नगद २ लाख २२ हजार २ सय २२ रहेको छ । पहिलो हुनेले नगद पुरस्कार सहित च्याम्पियन कप, मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता टिमले १ लाख ११ हजार १ सय ११ र मेडल रहेको छ भने सेमीफाइनलबाट बाहिरिने दुई टिमले नगद २५ हजारका दरले पाउने छन् बताए । उत्कृष्ट खेलाडी पुरस्कार नगद १० हजार विभिन्न ५ विधामा दिइने उनले जानकारी दिए ।

पनेरुका अनुसार खेल नकआउट आधारमा खेलाइने छ । यस खेलेको मुख्य प्रायोजक प्यासिफिक कलेज अफ टेक्नोलोजी रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com