ओखलढुंगमा बिहेभोजमा दुईपक्षबिच झडप हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य ५ जना गम्भिर घाईते भएका छन् ।
मोलुङ गाँउपालिका ७ पात्ले निवासी गंगा बहादुर मगरको बहिनीको बिहे भोजमा मदिरा सेवन गरेका युवाहरुबिच झडप हुदाँ सोही स्थानका २२ बर्षिय कुमार मगरेको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आईतबार मध्यराती बिपक्षको चिर्पाटो प्रहारबाट गम्भिर घाईते भएका मगरको सामुदायीक अस्पताल मिसनमा उपचारका क्रममा सोमबार ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक टिका कार्कीले बताए ।
बिहेभोजमा शेर्पा समुदाय र मगर समुदाय बिच झडप भएको हो । झडपमा परि घाईतेहुनेहरुमा १८ बर्षिय कमल मगर,१७ बर्षिय जनक मगर, ३५ बर्षिय पदम मगर, ४८ बर्षिय मान बहादुर मगर र्र ३६ बर्षिय बलराम मगर रहेका छन् । घाईतेहरु सबैको मिसन सामुदायीक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
स्थानिय जिङ्ने शेर्पाको ग्याङले कुटपटि गरेकाले उनिहरुको खोजीकार्य भैरहको प्रहरी निरिक्षक कार्कीले बताए । अभियुक्त शेर्पा यसअघि पनि अपराधिक गतिबिधिमा पक्राउ परिसकेको प्रहरीले जनाएको छ ।

English
MTV NEPAL MTVNEPAL


