काठमाडौंमा क्यान इन्फोटेक मेला माघ ११ बाट सुरु

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ ।

माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एक्सेसरिज, प्रमुख बिक्रेता तथा वितरक, इन्टरनेट सेवा प्रदायक, दुरसञ्चार, आइसिटी कलेज तथा तालीम प्रदायक संस्था, सफ्टवेर सोलुसन्सजस्ता कक्ष रहने आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

मुख्य प्रदर्शन कक्षमा ४९ वटा ठूला र हल बाहिर पाँचवटा ब्राण्डिङ प्रदर्शनी कक्ष, ओपन स्पेश १४ तथा फुड कक्ष १० तथा अन्य गरी कूल २२२ कक्ष रहने जानकारी दिइयो । मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ ।

सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीको नामावली उपलब्ध गराएमा उनीहरुलाई निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिने कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष हेमन्त चौरसियाले जानकारी दिए ।

महासंघका महासचिव रञ्जीतकुमार पोदारले मेलाका लागि छुट्टै प्याभिलियन कक्ष राखेको, सफ्टवेर प्याभिलियनका लागि ४४ वटा कक्षलाई विशेष सहुलियतमा उपलब्ध गराइएको बताए ।

सुविसुका अध्यक्ष सुधीर पराजुलीले आगामी दिनमा देशका सातवटा प्रदेशमध्ये चारवटा प्रदेशमा यस्ता मेला आयोजना गरिने जानकारी पनि दिए ।

उनले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अन्य मुलुकसंग अनुभव साटासाट गर्नुपर्ने पनि बताए ।

THIS IS ADD AREA
x

Check Also

टेलिकम कम्पनिका अफरः सेवाग्राहीबाट अर्बौ लुट्ने गज्जबको टेक्निक

सुगम होस् या दुर्गम अहिले प्रायः ठाउँका जनताहरु टेलिकमको पहुँचमा लगभग पुगिसकेका छन् । त्यस्तै Keypad होस् या Android या त I Phone सबैको हातमा ...

Social Media Auto Publish Powered By : XYZScripts.com