अमेरिकी सदनले बजेट पारित नगर्दा काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द भिसा र पासपोर्टको काम जारी

८ माघ, काठमाडौं । बजेट अभाव भएपछि काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर ह्याण्डलमा काठमाडौंस्थित केन्द्रीय पुस्तकालय र दूतावासले चलाउँदै आएको ट्वीटर अकाउन्ट बन्द हुने उल्लेख छ । तर भिसा र पासपोर्ट प्रोसेसिङका कामहरु भने नरोकिएको सूचनामा उल्लेख छ ।

अमेरिकाको तल्लो सदनले बजेट पास गरे पनि माथिल्लो सदनबाट पास हुन सकेको छैन । बजेट अभावको असर काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि परेको हो ।

गत शनिबार भएको मतदानमा बजेटको पक्षमा ५० र विपक्षमा ४९ मत परेको थियो । अमेरिकी सदनमा बजेट पारित हुन ६० मत आवश्यक छ । खर्च अभावमा धेरै सरकारी कर्मचारीहरुलाई तलब खुवाउनै समस्या परेको छ । अमेरिकी सेनासहित ३० प्रतिशत कर्मचारी बजेट अभावमा प्रभावित हुने अनुमान छ ।

ट्रम्प प्रशासनले प्रवासीहरुलाई अमेरिकामा बस्न नदिने घोषणा गरेपछि त्यसको पक्ष र विपक्षमा सिनेटरहरु बिभाजित छन् । सोही विवादको असर बजेटमा पनि परेको बताइन्छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com