देश र जनताको अधिकारका लागि आफ्नो ज्यान बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै आज देशभर शहीद दिवस मनाइँदै छ ।
विसं २०१२ देखि नै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको हो । यसैबिच सहिदहरुको सम्झनामा माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रम गरी सहिद सप्ताह पनि मनाईदै आइएको छ ।
सर्वसाधारण जनताले पनि स्वतन्त्रताको महशुस गर्न पाउनुपर्ने माग गर्दा तत्कालिन राणाशासकले विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचली, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा आज बिहान रत्नपार्ककको शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी गरी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिने कार्यक्रम रहेको छ ।
विसं २०६४ जेठ ११ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार ‘प्रथम शहीद’ लखन थापादेखि पछिल्ला लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्ने ज्ञातअज्ञात शहीदका सम्झनामा गोकर्णेश्वरमा निर्माणाधीन राष्ट्रिय शहीद स्मारकमा कार्यक्रम गर्न लागिएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेको हो ।

English
MTV NEPAL MTVNEPAL


