अमेरिकी र रुसी लडाकु विमान ५ फिटको दुरीमा

रुसी लडाकु विमान र अमेरिकी नौसेनाको विमान बीच आकाशमा ५ फिटको दुरीमा उडान भएको तथ्य सार्वजनिक भएको छ ।

ब्ल्याक सीमाथि सोमबार दुवै विमान निकै जोखिमपूर्ण अवस्थाबाट गुज्रिएको बताइएको छ । अमेरिकी विदेशमन्त्रालयले यो घटनाको पुष्टि गरेको छ ।

रुसी अधिकारीहरुले भने यसबारे केही बताएका छैनन् ।

समाचार एजेन्सीहरुका अनुसार अमेरिकी नौसेनाको एउटा निगरानी विमानको ५ फिटको दुरीमा रुसी लडाकु विमान आएको थियो । अमेरिकाले यो घटनालाई ‘परस्पर असुरक्षित क्रिया’ भनेको छ ।

यो घटनाबारे रुसी अधिकारीहरुसँग छलफल गरिने अमेरिकी अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी विमानले आफ्नो मार्ग परिवर्तन गरेपछि रुसी लडाकु विमान पनि फर्किएको बताइन्छ ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com