२२ मंसिर । रदेश र प्रतिनिधि सभाको मतगणना देशभरी नै तीव्र गतिमा भइरहेको छ । केही स्थानको त मतपरिणाम समेत सार्वजनिक भइसकेको छ । केही क्षेत्रमा भने मतगणना पनि सुरु भएको छैन । अहिलेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेको सबैभन्दा बढी स्थानमा अग्रता देखिएको छ भने जित पनि एमालेकै बढी स्थानमा भएको छ । प्रतिनिधि सभातर्फ नेकपा एमालेल ४ स्थानमा जित हासिल भएको छ भने ३३ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभामा पनि नेकपा एमालेले ७ स्थानमा जित हात पारेको छ भने २६ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै प्रतिनिधि सभातर्फ माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेको छ भने १८ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभातर्फ ३ स्थानमा विजय हासिल गरेको माओवादीले २२ स्थानमा अग्रता कायम गरेको छ । यसैगरी नेपाली कांग्रेसको भने अहिलेसम्मको मतपरिणामलाई हेर्दा प्रतिनिधि सभामा ६ स्थानमा अग्रता बाहेक कुनै पनि स्थानमा विजयी हुन सकेको छैन । प्रदेशसभातर्फ नेपाली कांग्रेसले २ स्थानमा विजय हासिल गरेको छ भने ६ स्थानमा अग्र स्थानमा रहेको छ । त्यसैगरी स्वतन्त्रबाट उम्मेद्वार बनेका एक जना प्रतिनिधि सभा र १ जना प्रदेशसभामा विजयी भएका छन् ।

English
MTV NEPAL MTVNEPAL


