समानुपातिकमा पनि कांग्रेसको मत उत्साहजनक देखिएन

२६ मंसिर ।  समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेले आफ्नो अग्रता यथावत राखेको छ । एमालेलाई कांग्रेसले पछ्याइरहेको छ भने कांग्रेसपछिको मत माओवादी केन्द्रले पाएको छ । निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म एमालेले नौ लाख ३६ हजार ४४२ मत प्राप्त गरी अग्रस्थान लिइरहेको छ । यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत हासिल गरिसकेको छ । कांग्रेसभन्दा निकै नै पछि रहेको माओवादी केन्द्रले तीन लाख ८५ हजार ४३४ मत बटुलेको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com