बुहारीलाई हातपात गरेको आरोपमा पक्राउ परेका बझाङका कालिभान खड्का प्रहरी चौकी लैजादै गर्दा भागेको दुइदिनसम्म पनि फेला परेका छैनन् । माघ २ गते प्रहरीले पक्राउ गरेर चौकी लाने क्रममा बाटोमा पिसाब फेर्ने निहुँ बनाएर भागेको प्रहरीले जनाएको छ । ससुराले हातपात गरेको भनेर उनकी बुहारीले प्रहरीलाई उजुरी दिएकी थिइन् । उनका छोराले बाबुको चप्पल पानीमा तैरिरहेको बताएपनि उनी भने यताउता खोज्दा कतै पनि फेला पर्न सकेका छैनन् ।
।

English
MTV NEPAL MTVNEPAL


