नारायणगढ–मुग्लिन सडक विस्तारको काम ढिला हुँदा जति यात्रु प्रभावित छन् त्योभन्दा बढी स्थानीय जनता प्रभावित भएका छन् ।सडकमा सवारीसाधन रोकिँदा यात्रुले दिसापिसाब गर्ने थलो नै सडक आसपास हुने गरेकाले यात्रुले मठमन्दिरदेखि खाना पकाउने चुलोसम्ममा दिसापिसाब गरेको स्थानीयवासीको गुनासो छ ।उक्त सडक पर्ने भरतपुर महानगरपालिका वडा नं २९ का वडा अध्यक्ष मानबहादुर रानामगरले सडक बन्द हुँदा स्थानीयवासी साह्रै ठूलो समस्यामा पर्ने गरेको बताउनुभयो।
सडक आसपासमा यात्रुले फोहर गर्ने गरेको, सडक धुलाम्य हुँदा प्रदूषण बढेको, गाडीका हर्नले ध्वनि प्रदूषण बढाएको उहाँको भनाइ छ । घरका चुलो, पानीका धारा, मठमन्दिर, गोठ, घर, आँगन जताततै फोहर हुने गरेको स्थानीयबासीको गुनासो छ ।चितवन खुल्ला दिशामुक्त जिल्ला घोषणा भए पनि राजमार्ग र सडक क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या बढेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले पनि स्थानीयवासीको व्यापक गुनासाका कारण पुस १८ गतेबाट सडक बन्द गर्दा होटल र घर नभएको क्षेत्रमा सवारी रोक्न लागिएको बताउनुभयो ।
सो सडकखण्ड दुई वर्षभित्रमा निर्माण गर्नका लागि सडकलाई तीन भागमा विभाजन गरेर तीन वटा ठेकेदार कम्पनीलाई ठेक्का दिइएको थियो । निर्माण सम्पन्न गर्नुपर्ने सम्झौताको पहिलो समय सकिइसकेको छ । हालसम्म ६५ प्रतिशत मात्र काम भएको छ । विभिन्न कारण जनाउँदै ठेकेदार कम्पनीले समय थप गर्दै आएका छन् । थपिएको समय आउँदो फेब्रुअरीमा सकिँदैछ

English
MTV NEPAL MTVNEPAL


