मोरङमा मोटरसाइकल दुर्घटनामा हुँदा एकजनाको निधन दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको

मोरङमा बुधवार विहान मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुइओटा मोटरसाइकल एकआपसमा ठोक्किदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा  कानेपोखरी गाउँपालिका २ का भिमबहादुर कार्की रहेका छन् । को २८ प २३२२ र को २ प ७९ नम्बरको मोटरसाइकल मोरङको सुन्दरहरैचा नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किएर भएको दुर्घटनामा को २ प ७९ नम्बरको मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिए ।

अर्का मोटरसाइकल चालक सुनसरी इटहरी उपमहानगरपालिका–४ बस्ने २० वर्षीय सुजन थापा र पछाडि सवार १९ वर्षीय शिव सिंहको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको छ । यसैगरी चार दिनदेखि बेपत्ता सुन्दरहैचा–१ की ७५ वर्षीया बेदमाया भुजेल बुधबार बिहान सोही वडामा रहेको पैनीमा डुबेको अवस्थामा मृत भेटिएकी छिन् । प्रहरीका अनुसार भुजेलको मानसिक सन्तुलन ठीक थिएन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com