इलामको सूर्योदय नगरपालिका–८ घर भएकी हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन्। नेपालटार माविमा कक्षा ११ मा पढ्दै गरेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गर्दा पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए। खोजतलास गर्दा पनि फेला पर्न नसकेपछि आफन्त र परिवारले सोमबार जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।रासस

English
MTV NEPAL MTVNEPAL


