भारतीय विदेशमन्त्री सुष्मा स्वराजको सम्मानमा आयोजित दिवाभोज उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले बहिष्कार गरेका छन् । बिहीबार नेपाल आएकी स्वराजले नेपालका शीर्ष नेतालाई पूर्वतयारीका साथ भेटघाटको कार्यक्रम गरेपनि कमल थापा प्राथमिकतामा नपरेका कारण उनले बालुवाटारको भोज कार्यक्रम अस्वीकार गरेका हुन् । निर्वाचन सम्पन्न भएकोले नयाँ सरकार बन्न लागेको परिस्थितिमा उनको भ्रमण अस्वभाविक भएको भन्दै कमल थापाले भेटघाटको कार्यक्रम बहिष्कार गरेको उनका निकट नेताले बताएका छन् । कमल थापालाई औपचारिक रुपमा निम्तो दिएपनि जिल्लामा पूर्वनिर्धारित कार्यक्रम रहेको भन्दै हेटौडातिर लागेका छन् । यस्तो बाहनालाई उनले जानीजानी अस्वीकार गरेको रुपमा बुझिएको छ । थापाले आफु पूर्वनिर्धारित कार्यक्रम अनुसार हेटौडा जाने कुरा सामाजिक सञ्जाल ट्वीटरमार्फत जानाकारी गराएका छन्।

English
MTV NEPAL MTVNEPAL


