म व्यक्तिमुखि राजनिति गर्ने मान्छे होईन : मन्त्रि रामकृष्ण चित्रकार

बागमति प्रदेशका मन्त्रि रामकृष्ण चित्रकारले व्यवसायिक रुपमा सफल भएका मानिस राजनितिमा आउनुपर्ने बताउनुभयो । मिथिला नेपालको एक कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । विदेशमा कुनैपनि व्यवसायमा सफल भएका ब्यक्ति राजनितिमा आउने गरेकोमा नेपालमा त्यस्को उल्टो रहेको बताउनुभयो । राजनितिलाई पेशा बनाउने कारणले भ्रष्टाचार मौलाएकोे उहाँको भनाई छ । बैचारिक स्वतन्त्रतालाई आफुले विश्वास गर्ने बताउदै उहाँले पार्टीसँग आस्था राख्ने सम्पुर्णले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताउनुभयो । पार्टीभित्र उम्मेद्वारीका विषयमा लुछाचुडि किन हुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “काँग्रेस एक विशाल लोकतान्त्रिक पार्टी हो ,यसको आफ्नै खुला निति छ जस्का कारण यस्तो हुनु कुनै नौलो कुरा होईन । ” अहिले पार्टी सहि रुपमा व्यवस्थापन हुन नसकेको स्विकार गर्दै उहाँले सबै जना ईमान्दार हुनुपर्नेमा जोड दिनुभयो । तपाई व्यक्तिमुखि राजनिति गर्नुहुन्छ रे भन्ने प्रश्नमा उहाँले त्यो सब झुटो रहेको बताउनुभयो । उहाँले भन्नुभयो “म सस्तो लोकप्रियताको पछि लाग्ने मान्छे होईन । मेरो निर्वाचन क्षेत्रमा सबै शिक्षित मतदाता हुनुहुन्छ । म गलत भएको मलाई किन निर्वाचित गर्नुृहुन्थ्यो । ” आफु लोकतन्त्रवादी रहेको भन्दै उहाँले आफ्mना जनताहरुसंग हरेक विषयमा छलफल गरेर काम गरिरहेको बताउनुभयो । अहिले बिना विभागिय हुनुहुन्छ कुन मन्त्रालयको आकांक्षी हुनुहन्छ भन्ने प्रश्नमा उहाँले आफुले पार्टीको निर्णयलाई नै आत्मसाथ गर्ने बताउनुभयो । आफु ललितपुरको मात्र नभई समग्र बागमति प्रदेशका १३ वटै जिल्लाकोे विकासका लागी संधै पहल गरिरहेको बताउनुभयो । अहिले काठमाडौंको कोटेश्वरदेखि ललितपुरको ग्वार्कोको ट्राफिक जामको समस्याले नआत्तिन आग्रह गर्दै बैकल्पकि बाटोहरु निर्माण भईरहेको उहाँले बताउनुभयो । उहाँले फ्लाई ओभर निर्माणको कामलाई तिब्रता गर्न पनि निर्देशन दिईसकेको भन्दै अबको १४ महिनामा निर्माण सम्पन्न हुने जानकारी दिनुभयो ।।

THIS IS ADD AREA
x

Check Also

शिक्षा ऐन परिवर्तन गर्नुपर्ने उपमहासचिव बजगाँईको भनाई ,,भुगोल अनुसारका पाठ्यक्रम हुनुपर्नेमा जोड

सामुदायीक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दो रहेको छ । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका उपमहासचिव लक्ष्मण प्रसाख बजगाँईले यस्तो बताएका हुन् । ...

Social Media Auto Publish Powered By : XYZScripts.com