नेपालमा वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने चाँजोपाजो भईरहेको समयमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने भएकी छन् ।
स्वराज दुई दिने भ्रमणमा नेपाल आउने तयारी भएको भारतीय विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो । भारतीय विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमण हुन लागेको जनाएको छ ।
भ्रमणका क्रममा स्वराजले राजनीतिक दलका नेताहरुलाई समेत भेट्ने छिन् । भारतीय विदेश मन्त्रालयले साझा स्वार्थलगायत विषयमा राजनीतिक दलका नेताहरुसँग छलफल हुने जनाएको छ ।
माघ १८ गते नेपाल आउन लागेकी स्वराज १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।

English
MTV NEPAL MTVNEPAL


