रहेनन् निवर्तमान सांसद तथा शिक्षाविद् डा पोखरेल

निवर्तमान सांसद तथा शिक्षाविद् डा बाबुराम पोखरेलको आज निधन भएको छ। मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ६ः०० बजे शौचालयमा लडेपछि उनलाई उपचारका लागि बिहान ७ः१५ बजे नर्भिक अस्पताल पुर्याउदा निधन भइसकेको अस्पतालले जनाएको छ।

प्याब्सनका पूर्वअध्यक्ष ६७ वर्षीय डा पोखरेलले मुटुको शल्यक्रिया गरी उपचार गराइरहेको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले जानकारी दिए । विनायकसुधा(भिएस) निकेतनका संस्थापक प्रिन्सिपल उनी विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् थिए।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com