१० खेलाडीमा सीमित लेस्टर सँग चेल्सीको बराबरी

पुस ३० – १० खेलाडीमा सीमित रहेको लेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीलाई बराबरीमा रोकेको छ । घरेलु मैदानमा भएको खेलमा चेल्सी गोलरहित बराबरीमा रोकिएको हो ।
सबै प्रतियोगितामा गरेर लगातार तीन खेलमा गोल रहित बराबरीमा रोकिएको भने चेल्सी पहिलो पटक हो । पहिलो हाफमा लेस्टरले चेल्सीलाई निकै दबाबमा राखेको थियो । दोस्रो हाफमा चेल्सीले सुधारिएको प्रदर्शन गरे पनि गोल भने गर्न सकेन ।
लेस्टरका जेमी भर्डीले गोल गर्ने राम्रो मौका बनाएका थिए तर त्यसलाई गोलको रुप भने दिन सकेनन् । ६८ औँ मिनेटमा बेन चिलवेल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लेस्टर १० खेलाडीमा सीमित भएपनि चेल्सिले फाईदा लिन सकेन ।
यस खेलसँगै तेस्रो स्थानको चेल्सीको २३ खेलबाट ४७ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको पनि ४७ अंक नै छ ।

३१ अंकसहित लेस्टर आठौँ स्थानमा छ । लिग अन्तर्गत राति नै भएका अरु खेलमा क्रिष्टल प्यालेसले बर्नलीलाई १–०, वेष्ट ह्यामले हडर्ल््सफिल्डलाई ४–१ तथा वेष्ट ब्रोमले ब्राइटनलाई २–० ले हरायो । यस्तै वाट््फोर्ड र साउथह्याम्पटनले २–२ तथा न्युक्यासल र स्वान्सी सिटीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com