१० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउने भएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अभाव भएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो। बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्बभन्दा तल झरेको छ। तरलता बढाउन थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकले जनाएको छ। उक्त रिपोको म्याद फागुन २ गतेसम्म रहेको छ। अन्तर बैंक ब्याजदर ५ प्रतिशतभन्दा तल रहेपछि राष्ट्र बैंकले विभिन्न चरणमा रकम प्रवाह गर्दै आएको छ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com