पाल्पामा ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय निकायलाई हस्तान्तरण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको मातहतमा संचालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, शहरी स्वास्थ्य केन्द्रहरू सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गरिएको जिल्ला स्वास्थ्य कार्यालयका सुचना अधिकारी माधव ज्ञवालीले बताए । उनका अनुसार जिल्लामा संचालन भएका ८० स्वास्थ्य संस्थाहरूमध्ये हालसम्म १० स्थानीय तहमध्ये ६ गाउँपालिकालाई र २ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्लाको रामपुर र तानसेन नगरपालिकासँगै निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, माथागढी गाउँपालिका, बगनासकाली गाउँपालिका, तिनाहुँ गाउँपालिका र रम्भा गाउँपालिकामा गरी ५९ वटा स्वास्थ्य संस्थाहरू स्थानीय तहलाई हस्तान्तरण गरिसकेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ज्ञवालीले जानकारी दिए ।
रैनादेवी छहरा गाउँपालिकामा आठवटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, एउटा सामुदायिक स्वास्थ्य इकाई, रिब्दिकोट गाउँपालिकामा सातवटा स्वास्थ्य चौकी, दुईवटा सामुदायिक स्वास्थ्य इकाई र रामपुर नगरपालिकाको रामपुर अस्पताल, तानसेन नगरपालिकामा रहेको जिल्ला अस्पताल पाल्पा गरी २१ वटा स्वास्थ्य संस्था स्थानीय निकायलाई हस्तान्तरण गर्न बाँकी छन् ।

English
MTV NEPAL MTVNEPAL


