स्कुल जाँदा हराएकी ८ वर्षिया बालिका दुईदिनपछि भेटिएकी छन् । जुम्ला स्थायी घर भई हाल काठमाडौंको काडाँघारी स्थित आफन्तकोमा बस्दै आयकी आकृति÷प्रिज्मा शाही मङ्गलबार दिउँसोदेखि एकाएक हराएकी थिईन् ।
गान्धी आदर्श सेकेन्डरी स्कुल गोट्ठाटारमा कक्षा ३ मा पढ्ने उनि साथिहरुसंग खेलिरहेकै अवस्थामा एकाएक हराएपछि उनका आफन्तले खोजी कार्य शुरु गरेका थिए । प्रहरीमा उजुरी गर्दा बालिका नभेटिएपनि विभिन्न सञ्चार माध्यमसंगै सामाजिक सञ्जाल मार्फत सुचना तथा समाचार सम्पे्रषण गरेको केहि घण्टामै बालिका भेटिएपछि आफन्त हर्षित बनेका छन् ।
उनि सनसिटिमा भेटिएको उनकी सानीआमा निर्मला सिंहले जानकारी दिईन् । हामीसंगको टेलिफोन कुराकानीमा उनले भनिन् “नानी सनसिटिमा भेटिईन् , मिडियामा समाचार आएको केहि घण्टामै नानीलाई लगेर गएको मान्छेले आफै फोन गरेर जानकारी गराए , आज (विहिबार ) राती १० बजे नानीलाई भेट्यौं ।
उनले नानी भेटिएको भन्दै खोजीकार्यमा सहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गरेकी छन् ।
साथै यसरी कुनै जानकारी नदईकन नानीलाई उनको साथीको परिवारले लगेको र ३ रात २ दिन सम्म पनि आफुहरुलाई कुनै जानकारी नगराई मानसिक तनाव दिएकोमा उनले आक्रोश पोखिन् । उनले भनिन् “नानी भेट हुँदा अंगालो हालेर धेरै बेर रोई ,हातको दुईओटा औंलामा ग्यासले डामेको भेटिएको छ । नानीले घर जान्छु भन्दा पनि चुकुल लगाएर थुनेको रहेछन् । अरुको बच्चालाई यसरी लगेर शारिरिक, मानसिक टर्चर दिन पाईन्छ ?”
सिंहले यस घटनामा आफुहरु चुप लागेर नबस्ने भन्दै कानुकी प्रकियामा जाने बताईन् । “हामी चुप लाग्यौं भने भोली अरुको बच्चा माथि पनि यस्तै घटना दोहोरिन सक्छ ।”
उनका बुबा यज्ञ शाही र आमा कालिका सिंह (शाही) रोजगारीको शिलसिलामा हाल भारतमा रहेका छन् ।।

English
MTV NEPAL MTVNEPAL


