प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहमा दिने छात्रवृत्तिका लागि आवेदन फाराम खुला गरेको छ । सूचना प्रकाशित गर्दै सीटीईभीटीले शैक्षिक सत्र २०८०÷८१ का लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको हो । यसअन्तर्गत इच्छुक विद्यार्थीले आगामी साउन १२ गतेसम्म सीटीईभीटीको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन् । यस शैक्षिक वर्षमा सीटीईभीटीले ‘प्रि डिप्लोमा तहको प्रवेश परीक्षा सञ्चालन, छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०८०’ अनुसार प्री डिप्लोमा तहमा १,८३६ र डिप्लोमा तहमा ३,६७४ गरी कुल ५,५१० विद्यार्थीलाई छात्रवृत्ति दिने भएको छ । यसका लागि साउन १२ को राति १२ बजे भित्र अनलाइनबाटै प्रवेश शुल्क भुक्तानी गरी अनलाइन आवेदन दिनुपर्ने सीटीईभीटीले जनाएको छ ।
सीटीईभीटीले दिने उक्त छात्रवृत्तिका लागि अनलाइन आवेदन फाराम भर्दा डिप्लोमा तथा प्रमाणपत्र तहको एक हजार रुपैयाँ र प्रि–डिप्लोमा तहको पाँच सय रुपैयाँ प्रवेश परीक्षा शुल्क तोकिएको छ । सो शुल्क कनेक्ट आईपीएसको डाइरेक्ट अनलाइनबाट भुक्तानी गर्न सकिने छ । परीक्षा केन्द्र भने प्रदेश कार्यालयले सिफारिस गरी पठाएको स्थानमा हुने बताइएको छ । परीक्षा केन्द्रको विषयमा साउन १५ गते सूचना प्रकाशित गरिने जनाएको छ ।
पुर्ण जानकारीको लागी यो लिंकमा क्लिक गर्नुहोस् …. https://scholarship.ctevt.org.np:9090/

English
MTV NEPAL MTVNEPAL


