सिरियामा युद्धविरामको सहमति भएन

सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले बताएअनुसार सो क्षेत्रमा यसै महिनाको सुरुदेखि नै सिरियाली सेनाको अगुवाईमा रहेका सुरक्षाकर्मीहरुले हवाई र स्थलगत कारबाही गरेका छन् ।

जसका कारण यहाँका ३०० जना भन्दा बढी सर्वसाधारण मारिएका छन् । नागरिक हत्याको अवस्था अत्यन्तै क्रुर र नाजुक भएकोले सिरियामा केही समयका लागि मात्र भए पनि युद्धविरामको प्रयास संयुक्त राष्ट्रसंघले गरेको हो  मानवअधिकारबादीहरुले मानवीय सहायता पु¥याउनका लागि यहाँ युद्धविराम गर्नुपर्ने प्रस्ताव गरेका बताइएको थियो । सोही बमोजिम संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा उक्त प्रस्तावमा छलफल भएको थियो । सो छलफलमा सहमति भने हुन नसकेको रूसले ब

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com