बहुचर्चित निर्माता निर्देशक सञ्जय लीला भन्सालीको विवादमा घेरिएको फिल्म पद्मावतले राम्रो कमाई गरिरहेको छ ।
विरोध प्रदर्शनका कारण चार राज्यमा यो फिल्म प्रदर्शन भएको छैन जहाँ जहाँ फिल्म रिलिज भएको छ त्यहाँ पनि विरोध प्रदर्शन भएको थियो ।
बुधबार सिमित प्रदर्शन हुँदा ०५ करोड
बिहीवार १९ करोड
शुक्रबार ३२ करोड
शनिवार २७ करोड
आइतवार ३१ करोड
तर पहिलो सप्ताहमा पद्मावतको कमाईको रिपोर्ट आएको छ । फिल्ममा पहिलो सप्तामा १०० करोडको आकडा पार गरेको छ । ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार आइतवारको आकडामा मिलाएर भारतमा पदमावतले ११४ करोड को व्यवसाय गरेको थियो ।
यतिमात्र होइन अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो प्रदर्शन गरेको छ । तरुण आदर्शका अनुसार फिल्मले खास गरेर अष्ट्रेलिया तथा ब्रिटेनमा राम्रो व्यापार गरेको छ ।
बुधबार पद्मावतको सीमित प्रदर्शन गरेको थियो । त्यस दिन फिल्ममा पाँच करोडको कमाइ गरेको थियो ।
सञ्जय लीलाको भन्सालीको फिल्म सुटिङको समयदेखि नै विवादमा छ । सुटिङकै क्रममा फिल्म विरुद्ध प्रदर्शन भएको थियो । करणी सेना र अन्य राजपूत संगठनले रानी पद्मावतीलाई फिल्ममा गलत तरिकाले पेश गरेको आरोप लगाएका छन् ।
विरोधका कारण फिल्ममा नाम फेरेर पद्मावत बनाइएको थियो तर विरोध प्रदर्शन भने रोकिएको छैन ।

English
MTV NEPAL MTVNEPAL


