काठमाडौं , २५ भदौ । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले सामाजिक संजालको दुरुपयोग, पारिवारिक विचलन र असीमित ईच्छाका कारण आत्म हत्या हुने गरेको बताउनु भएको छ । विश्व आत्महत्या रोकथाम दिवस २०७६ को अवसरमा कुश्मा नगरपालिका ६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मामा आयोजना गरिएको कार्यक्रममा वक्तहरुले यो व्रिश्लेषण गरेका हुन । आत्महत्या न्यूनीकरणको लागि चाल्नुपर्ने कदमका बारे कार्यक्रममा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पर्वतका मानसिक स्वास्थ्य फोकल पर्सन तेज प्रसाद सुवेदीले, पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, सेवा केन्द्रका निवर्तमान अध्यक्ष मान कुमारी गिरी, उपाध्यक्ष तिला गिरी, सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी समेतले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वत र सामुदायिक प्रहरी सेवा केन्द्र कुश्माको संयुक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्थानीय आमा समूहका अध्यक्ष, स्थानीय बासिन्दा तथा प्रहरी कर्मचारी समेतको सहभागिता रहेको थियो । त्यसै गरी जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठले आत्महत्याको बृद्धि तीब्र रूपमा बढिरहेको र यसलाई न्यूनीकरण गर्न सबैले आआफ्नो ठाउँबाट क्रियाशिलता देखाउन जरूरी रहेको चर्चा गर्नुभयो । कार्यक्रममा कोशी अंचल अस्पताल विराटनगरका मनोचिकित्सक डा रोशन पोखरेलले आत्महत्या न्यूनीकरण गर्नका निमित्त गर्नुपर्ने व्यवहार तथा आत्महत्या बढ्नुका कारण लगायतका बिषयमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।

English
MTV NEPAL MTVNEPAL


