प्रदेश सरकार गठनमा आफूमाथि अन्याय भएको र आर्थिक चलखेलमा मन्त्री छनोट गरिएको भन्दै नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रवहादुर शाहीले गत साता राजिनामा दिएका थिए ।
तर,पार्टि कार्यालयले उनलाई राजिनामा फिर्ता लिन निर्देशन दिएको छ । एमालेले शाहीलाई भविष्यमा उचित जिम्मेवारी दिने आश्वासन दिँदै सांसद पद र पार्टी सदस्यबाट दिएको राजीनामा फिर्ता लिन निर्देशन दिएको हो ।
शाहीको राजीनामा बारे पार्टी स्थायी कमिटीमा छलफल भएको र केही कमी–कमजोरी भएको ठहर नेतृत्वले गरेको प्रदेश संयोजक युवराज ज्ञवालीले पत्रमार्फत जनाएका छन् । उनले शाहीलाई पत्र लेखी राजीनामा र्फिता लिन र पूर्ववत जिम्मेवारीहरुमा फर्किन निर्देशन दिएका छन् ।
शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

English
MTV NEPAL MTVNEPAL


