सरकारकै आडभरोसामा खुलेआम हत्यारा,, टिकापुर घटनामा रेशम चौधरी नै दोषी

टीकापुर हत्याकाण्डमा रेशम चौधरी नै मुख्य दोषी पुष्टि भएका छन् । यसअघि सर्वोच्चले टीकापुर हत्याकाण्ड प्रकरणमा चौधरीलाई दोषी ठहर गरेर जन्मकैदको फैसला गरेको थियो । तर सरकारले नै आममाफी दिनका लागी सिफरिस गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा आममाफी दिएका थिए ।

तर आज रेशम चौधरीबारेको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले संविधानको उल्लङ्घन सरकारबाटै भएको जनाएको छ । पुर्ण पाठमा राजनीतिक शक्तिको आडमा आपराधिक कार्यलाई समेत राजनीतिक रूप दिने वा अपराधको राजनीतिकरण वा राजनीतिको अपराधीकरण गर्ने जोखिम सधैँ रहिरहेको हुने कुरा उल्लेख गरिएको छ ।

पुर्णपाठमा फैसलामा रेशम चौधरीको बाँकी कैद सजाय माफी दिने सरकारको निर्णयले ‘रगत लत्पतिएका हातहरूले’ राजनीतिक संरक्षण पाएको पुष्टि भएको कुरा उल्लेख गरिएको छ । कानुनले निषेध गरेको आपराधिक कार्य गरेका व्यक्ति नै ठुल्ठुलो आवाजका साथ निस्फिक्री समाजमा विचरण गर्ने अनपेक्षित अवस्था उत्पन्न हुन जाने कुरा समेत पुर्णपाठमा उल्लेख छ ।

सर्वोच्चले घटनाको योजनाकार र मुख्य दोषी नै रेशम चौधरी भएको पटक पटक पुष्टि भएको पनि जनाएको छ । यसरी हत्यारालाई नै संरक्षण गर्ने सरकारले जनतालाई भने बिना प्रमाण सास्ति दिने गर्दछ । यस्तै ठुला नाईकेहरुलाई जोगाउन घटनाको वास्तविकता नै अनुसन्धान नगरि आज हजारौं निर्दोष युवाहरुलाई कैदि जिवन जिउन बाध्य बनाएको छ सरकारले । आज नेपालका कारागारमा ७० प्रतिशत बढी निर्दाेष व्यक्ति फसेका छन् । हत्यारालाई माफी दिने सरकारले निर्दोष युवाको भविष्यका बारेमा सोच्नु पर्दैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com