नुवाकोटको पर्यटकस्य ककनीबाट बट्टारतर्फ आउँदै गरेको एक मिनिट्रक आइतबार पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। नुवाकोटको प्रमुख पर्यटकीय क्षेत्र ककनीबाट आउदै गरेको मिनिट्रक पासाङल्हामु मार्गमा दुर्घटना हुँदा एकजनाको निधन भएको र तीनजना घाइते भएका छन् । पासाङल्हामु मार्गको त्रिशूली–काठमाडौ सडक खण्डको बीचमा रहेको वेलकोटगढी नगरपालिका ११ अमारेमा ना २ ख ५३७५ नम्बरको आइसर मिनिट्रक सडकबाट ८० फिट तल खस्दा घाइते भएका वेलकोटगढी नगरपालिका १३ का १७ वर्षीय आशिष तमाङलाई उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार आइतबार दिउँसो साँंढे १ बजे भएको दुर्घटनामा घाइते भएका चालक ककनी गाउँपालिका ४ का २५ वर्षीय कुमार तामाङ, ककनी ४ कै २२ वर्षीय किरण तामाङ र वेलकोटगढी ४ का १७ वर्षीय कुमार तामाङलाई उपचारका लागि काठमाडौं लगिएको छ । उनीहरुको काठमाडौको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । मृतक युवकको शव पोष्टमार्टमका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा लगिएको छ ।

English
MTV NEPAL MTVNEPAL


