कंग्रेस संसदिय दलको नेता छनोटको लागी आज निर्वाचन भईरहेको छ ।
सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच संसदीय दलका नेतामा प्रतिस्पर्धा हुँदैछ । संसदिय दलको नेता चयनका लागि अहिले संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान भइरहेको छ ।
संसदीय दलका नेतामा दाबी गर्दै दुवै जनाले हिजो उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।
निर्वाचन समितिले उम्मेदवारी फिर्ता लिने समय आज बिहान साढे ८ बजेसम्मका दिए पनि दुवै जनाले उम्मेदवारी फिर्ता नलिएको निर्वाचन गर्न लागिएको हो ।
प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी कांग्रेस संसदीय दलमा कूल ६३ जना सांसद छन् । संसदीय दलको नेतामा निर्वाचित हुन कम्तिमा ३२ मत ल्याउनुपर्ने छ ।

English
MTV NEPAL MTVNEPAL


