सिरियामा जारी युद्धबाट पिडितहरुलाई राहत वितरकहरु बाट नै महिलाहरु यौन शोषित भएका छन् । बीबीसीको एक रिपोर्टअनुसार संयुक्त राष्ट्रसंघ एवं अन्तर्राष्ट्रिय विभिन्न संगठनको सहयोगमा राहत बाँड्न पुगेका पुरुष राहतकर्मीले महिलाहरुलाई यौन शोषण गरेका हुन् ।
समाचारका अनुसार राहतकर्मीहरुले एकछाक भोजन उपलब्ध गराए वापत यौन प्यास मेट्ने गरेका हुन् । देशको दक्षिण भागमा यो समस्या ब्यापक बनेको छ ।
स्वयम् राहतकर्मीले बीबीसीलाई दिएको जानकारीअनुसार महिलामाथीको यौन शोषण डरलाग्दो रुपमा भइरहेको छ । जसको कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जान मानिरहेका छैनन् ।
संयुक्त राष्ट्र संघ जनसंख्या कोषको मूल्याङ्कनमा यो पनि उल्लेख छ । मद्दत सामग्री दिने बहानामा महिलाको यौन शोषण भएको छ । संगठनले यो मूल्याङ्कन गएको वर्ष सिरियाको विभिन्न स्थानमा गरेको थियो ।
पति गुमाएका एकल महिला र सम्बन्ध बिच्छेद भएका महिलाहरु उनीहरुको निशानामा पर्ने गरेका छन् ।
द इन्टरनेशन रेस्क्यु कमिटीले यस किसिमको सर्भेका अनुसार ४० प्रतिशत महिलाले यौन हिंसाको शिकार भएका छन् । द इन्टरनेशनल रेस्क्यु कमिटीका प्रवक्ताका अनुसार दक्षिणी सिरियामा महिला एवं युवतिको सुरक्षाका लागि अब केही नयाँ कार्यक्रम सुरु हुने छ ।

English
MTV NEPAL MTVNEPAL


