१५ माघ, काठमाडौं । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागी नमुना मतपत्र सार्वजनिक गरेको छ । निर्वाचन आयोगले चार प्रकारका मतपत्र सार्वजनिक गरेको हो ।
प्रदेशसभा सांसदका लागि हरियो रंगको मतपत्र तथा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षका लागि रातो रंगको मतपत्र छ ।
त्यसैगरी प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख ÷उपप्रमुख वा अध्यक्ष ÷उपाध्यक्षले अलग अलग मतपत्रबाट दलित, महिला, अल्पसंख्यक वा अपांगता भएका व्यक्ति र अन्य सदस्य चुनिनेछन् ।
प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीमा निर्वाचन हुनेछ ।
प्रदेश १ मा ३६७, प्रदेश २ मा ३७९, प्रदेश ३ मा ३४८, प्रदेश ४ मा २३०, प्रदेश ५ मा ३०५, प्रदेश ६ मा १९८ र प्रदेश ७ मा २२९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र तीन जना अन्य गरी हरेक प्रदेशबाट ८÷८ जना निर्वाचित हुनेछन् । तीनजना भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।

English
MTV NEPAL MTVNEPAL


