राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदै

नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ ।

एमालेकी विद्यादेवी भण्डारी र कांग्रेसकी कुमारी लक्ष्मी राइले राष्ट्रपति निर्वाचनका लागी उम्मेदवारी दिएका छन् । वाम गठबन्धनसहित अन्य साना दलको पनि समर्थन पाएकाले भण्डारी नै पुनः राष्ट्रपतिमा दोहोरिने पक्का छ ।

राष्ट्रपति चयनका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद भवन नयाँबानेश्वरमा मतदान हुनेछ । प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यहरुले निर्वाचनमा भाग लिने छन् ।

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनका लागि छुट्टाछुट्टै मतपत्र र मतदान केन्द्र निर्धारण गरिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि हरियो तथा प्रदेशसभाका सदस्यहरुका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ ।
राष्ट्रियसभामा मनोनित डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले भने मतदानमा भाग लिन पाउने छैनन् ।
राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधिसभा, राष्ट्रियसभा) का ३३१ र प्रदेशसभाका ५४९ सदस्य गरी ८८० मतदाता कायम गरिएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com