राजपाको माग: रेशम चौधरीको शपथग्रहण

कैलाली निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई तत्काल शपथग्रहण र सांसदको प्रमाणपत्रको व्यवस्था मिलाउन राष्ट्रिय जनता पार्टी नेपालले माग गरेको छ ।

आज बसेको राजपा नेपाल संसदीय दलको बैठकले जनताबाट निर्वाचित सांसदलाई शपथग्रहण र प्रमाणपत्र नदिनु जनमतको अपमान भएको भन्दै तत्काल शपथग्रहण र प्रमाणपत्रको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

बैठकले पार्टी संसदीय दलको विधानको मस्यौदा निर्माण गर्न सांसद लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको छ ।

यस्तै, बैठकले संसदीय दल सन्चालनका लागि प्रत्येक सांसदबाट मासिक १० हजार रुपैयाँ ‘लेवी’ उठाउने निर्णय गरेको अध्यक्षमन्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com