इङ्गलिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाईटेडले चेल्सीलाई २÷१ ले हराएको छ ।
म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको खेलमा चेल्सीका विलियनले पहिलो गोल गरे । तर यसको केही मिनेटमै म्यान्चेस्टर युनाईटेडका रोमेलु लुकाकुले एक गोल फर्काउँदै खेल बराबरी गरे ।
दोस्रो हाफमा सब्स्टीच्युट खेलाडी रुपमा मैदान छिरेका जेस्सी लिङ्गार्डले एक गोल थपेपछि म्यानचेस्टर युनाईटेड विजयी भएको हो ।
प्रिमियर लिग फुटबलकै अर्को खेलमा टोटनह्याम हट्सपरले क्रिष्टल प्यालेसलाई १÷० ले हरायो । टोटनह्यामका लागि ह्यारी केनले ८८ औं मिनेटमा निर्णायक गोल गरे ।
गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २७ खेलबाट ७२ अंक जोडेको म्यानचेस्टर सिटी शीर्ष स्थानमा यथावत छ ।
एक खेल बढी खेलेको म्यान्चेस्टर युनाईटेड ५९ अंकसहित दोस्रो स्थानमा छ भने ५७ अंकसहित लिभरपुल तेस्रो स्थानमा रहँदा चौथो स्थानमा ५५ अंकसहित टोटनह्याम छ भने ५३ अंकको साथ चेल्सी पाँचौ स्थानमा झरेको छ ।

English
MTV NEPAL MTVNEPAL


