माओवादीका मुख्यमन्त्रीको टुंगो केन्द्रीय सचिवालय बैठकले लगाउने

माओवादी केन्द्रले प्रादेशिक सरकारको मुख्यमन्त्रीको चयन पार्टीको केन्द्रीय सचिवालयबाट गर्ने भएको छ। ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने निश्चित गरेको माओवादीले प्रादेशिक सरकारको नेतृत्वबारे हेडक्वार्टर बैठकबाट टुंगो लगाउने तयारी गरेको हो। वाम गठबन्धनसँगको समझदारी अनुसार माओवादीले ६ र ७ नम्बर प्रदेशमा मुख्यमन्त्री पाउने पाउनेछ। पार्टी प्रवक्ता पम्फा भुसालले पार्टीको प्रदेश कमिटी र प्रदेशको संसदीय दलको सिफारिस अनुसार केन्द्रले मुख्यमन्त्रीको टुंगो लगाउने बताइन्। एमालेसँगको सहमति अनुसार माओवादी केन्द्रले दुई प्रदेशमा मुख्यमन्त्री पाउनेछ भने प्रदेश ४ र ५ सभामुख र १, ३, ६ र ७ नम्बर प्रदेशमा उपसभामुख पाउनेछ। प्रादेशिक मन्त्रिमण्डलमा माओवादीले आफूलाई ३० र एमालेलाई ७० प्रतिशतको भागबन्डामा सहमति जनाइसकेको छ। वाम गठबन्धनको अर्को घटक एमालेले भने मंगलबार बसेको स्थायी समितिको बैठकले मुख्यमन्त्री चयन गर्ने अधिकारी सम्बन्धित प्रदेशसभालाई नै दिने निर्णय गरेको छ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com