मन्त्री बनेकै दिन गोकर्ण विष्टले गरे यस्तो घोषणा

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिस्टले वैदेशिक रोजगारमा देखिएको अव्यवस्थित प्रणालीलाई सुधार्नका लागी खटेर काम गर्ने बताएका छन् ।  तत्कालै कुनै निर्णयमा हस्ताक्षर गरेर पदभार ग्रहण गर्नुभन्दा पनि सबै कुरा बुझेर र समय लिएर आफू अघि बढ्ने मन्त्री बिस्टको भनाइ थियो । मन्त्री बिस्टले श्रम, बैदेशिक रोजगार र सामाजिक सुरक्षा को बिषयमा महत्वपूर्ण र तथ्यगत निर्णय लिने दावी गरे ।  शुक्रवार शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै मन्त्री बिस्टले बैदेशिक रोजगारीसँग सम्बन्धित समस्यालाई समाधान गर्न कुनै कानूनी र नीतिगत समस्या नरहने पनि बताए ।

यसअघि उर्जा मन्त्री बनेका बेला बिजुलीको महशुल नतिर्ने ग्राहकको लाइन काटेर चर्चामा आएका बिस्टले यसपटक पनि बैदेशिक राजगारी, श्रम तथा सामाजिक सुरक्षाका क्षेत्रमा देखिने गरी काम गर्ने बताए ।  बैदेशिक रोजगारमा देखिएको समस्यालाई समाधान गर्न व्यवस्थित कार्ययोजना ल्याउने मन्त्री बिष्टले घोषणा गरे ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com