काठमाडौं । एसिया कप क्रिकेट अन्तरगत समूह चरणको सर्वाधिक प्रतिक्षित भिडन्त आज हुँदैछ । चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानको यो भिडन्त हेर्न क्रिकेटप्रेमीहरु आतुर छन् । दुई राष्ट्र पछिल्लोपटक च्याम्पियन्स ट्रफीको फाइनलमा भिडेका थिए, जुन खेलमा पाकिस्तानले भारतलाई १८० रनको विशाल अन्तरले हराउँदै उपाधि कब्जा गरेको थियो । त्यसो त भारत र पाकिस्तान दुवै सुपर ४ मा प्रवेश गरिसकेका छन् । आजको खेलले भारत र पाकिस्तानमध्ये को ‘गु्रप ए’ को विजेता हुने भन्ने टुंगो लगाउने छ । ।भारत(पाकिस्तान म्याचलाई भारतको ब्याटिङ र पाकिस्तानको बलिङको प्रतिस्पर्धाका रुपमा लिने गरेको भए पनि अहमद यसमा सहमत छैनन् । उनले भने, ‘हामी बलिङ मात्र होइन, ब्याटिङ पनि राम्रो गरिरहेका छौं । प्रतिस्पर्धा हरेक हिसाबले रोचक हुनेछ ।’यसअघि च्याम्पियन्स लिगमा हासिल गरेको जितले अहिले कुनै अर्थ नराख्ने पनि सहजादको भनाइ छ । ‘त्यो पुरानो कुरा भइसक्यो । अहिले हामी नयाँ ठाउँमा, नयाँ माहोलमा नयाँ खेल खेल्दैछौं । हामीले नयाँ उर्जा निकाल्नुपर्छ,’ उनले भने ।

English
MTV NEPAL MTVNEPAL


