ब्राजिलमा बन्दुकधारीको हमला परी १४ को मृत्यु

१४ माघ, काठमाडौं । उत्तरपूर्वी ब्राजिलको एक नाइट क्लबमा बन्दुकधारीले हमला गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ ।

तीनवटा कारमा चढेर आएका आक्रमणकारीले फोरटालेजा नजिकको फोर्रो डो नाइटक्लबलाई निशाना बनाएका थिए ।

मृत्यु हुनेहरुमा नाबालिगसमेत छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार आक्रमणकारी लागूऔषध तस्करी समूहसँग सम्वन्धित छन् ।

गत वर्ष सीएरा प्रान्तमा ५ हजार ११४ जनाको हत्या भएको थियो जुन २०१६ को तुलनामा ५० प्रतिशत बढी हो ।

THIS IS ADD AREA
x

Check Also

पाकिस्तानमा बम विस्फोट,, ४४ को मृत्यु १०० जना घाइते

पाकिस्तानमा आईतबार बम विस्फोटमा भएको छ । विष्फोटमा परेर ४४ जनाको मृत्यु भएको अन्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन । उक्त विष्फोटमा परेर एक सय जना ...

Social Media Auto Publish Powered By : XYZScripts.com