बेनिमा खुल्यो सिद्दार्थको नयाँ साखा

म्याग्दी– सिद्घार्थ बैंकले आइतबारबाट बेनी बजारमा आफ्नो शाखा कार्यलय सञ्चालनमा ल्याएको छ । आइतबार बेनीमा भएको एक विशेष समारोहका बीच बैंकले शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको हो ।
शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरि कुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले संयुक्त रुपमा गरेका छन् ।

यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । साथै शाखाबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र  स्थानीय व्यापारी तथा सर्वसाधारणहरु सेवाबाट लाभान्वित हुने विश्वास बैंकको छ ।

हालै बैंकले देशभर ९२ वटा शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०५ ब्त्ः, र ६५० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को पौष मसान्तसम्म बैंकले कुल निक्षेप रु. ८५ अर्ब ५७ करोड र कर्जा लगानी रु. ७६ अर्ब ९५ करोड गरेको छ भने पौष मसान्तसम्म खुद मुनाफा ७७ करोड रहेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com