बारम्बार किन ठगिन्छन ठाकुर गैरे कार्यकर्ताको व्यंग्य– जबज कार्यान्वयनमा कोमल वली फिट

एमाले भित्र अभागि सिरोमणी भनेर युबा नेता ठाकुर गैरेलाई भन्न थालिएको छ । सँधै पार्टी नेत्रित्वको उपेक्षामा पर्ने गैरेले गएको संबिधान सभाको चुनाबमा टिकट पाउने धेरैले विश्वाश गरेका थिए तर अन्तिममा उनको ठाउमा सोमनाथ पाण्डेले टिकट फुत्काए । रास्ट्रिय स्वाधिनता, जनजिबिका, भौगोलिक अखण्डता जस्ता हरेक कुराको आन्दोलनको नेत्रित्व गरेका गैरे पार्टी नेत्रित्वकै कारण बारम्बार अन्यायमा परेका छन । गैरेलाई पाल्पाबाट यसपटक टिकट दिनुपर्ने आवाज माधव नेपाल समूहमा उठेको थियो । तर, माधव नेपाल स्वयंको जोडबलमा सोमप्रसाद पाण्डेलाई पाँचौ पटक टिकट दिइएपछि उनी उम्मेदवार बन्न पाएनन् । पाण्डे माधव नेपालका सम्धी हुन् ।

प्रतिनिधि सभाको चुनाबमा भएको अन्यायको तिरोतारो राष्ट्रिय सभाको चुनाबमा उमेदवार बनाएर नेत्रित्वले गर्छ भन्ने अनुमान धेरै कार्यकर्ताहरुले गरेका थिए । यसपटक राष्ट्रियसभामा ५ नम्बर प्रदेशबाट अखिलका पूर्व अध्यक्षद्वय खिमलाल भट्टराई , ठाकुर गैरे र ४ नम्बर प्रदेश बाट अखिलकै पूर्व अध्यक्ष किशोरबिक्रम मल्ललाई ल्याउने अनुमान गरिएको थियो । वाम गठबन्धनको भागवण्डामा एमालेले एक सिटमात्र खुला सदस्यमा पाएकोले सो ठाउँमा खिमलाललाई ल्याइएको छ भने ४ नम्बर प्रदेशको टुङो लाग्न बाँकी नै छ ।

खिमलाल ठाकुरभन्दा अघिका अखिल अध्यक्ष हुन् भने ठाकुर दुईपटक केन्द्रीय सदस्य निर्वाचित भइसकेका युवा नेता हुन् । खिमलाल पनि एमालेको केन्द्रीय सदस्य हुन् । खुला सदस्यको एउटा मात्र कोटा एमालेलाई परेकाले खिमलाल ल्याउँदा ठाकुरलाई समेट्न नसकिएको एमालेका एक पदाधिकारीले बताए । एमालेभित्र ठाकुर गैरे कार्यकर्ताबीच लोकप्रिय भए पनि शीर्ष नेताहरुको रुचिमा नपरेका नेताका रुपमा चिनिन्छन् । उनी बुटवलको आठौं महाधिवेशनमा झलनाथ खनाल र केपी ओली कुनै पनि प्यानलमा नपरेपछि प्यानल बाहिरबाटै केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

कोमल ओलीले टिकट पाउँदा गैरे आउट भएको भन्दै एमालेका कार्यकर्ताले आलोचना गरेका छन् । तर, कोमल ओली महिला क्लस्टरबाट राष्ट्रियसभामा उम्मेदवार बनेकी हुन् ।

खिमलाल र ठाकुरमध्ये एक छान्दा नेतृत्वले खिमलाल छानेको हो । प्रदेश संयोजक तथा उपमहासचिव बिष्णु पौडेलले खिमलाल र ठाकुर छान्दा खिमलाललाई रोजेको प्रदेश कमिटीका एक सदस्यले बताए । ‘खिमलाल ठाकुरभन्दा सिनियर भएकाले एउटैमात्र कोटामा खिमलालले टिकट पाएका हुन्, दुईजना हुने अवस्थामा गैरे पर्ने थिए’ उनले भनेका छन् ।

युवा नेता गैरेले भने राष्ट्रियसभामा टिकट नपाएकोमा कुनै टिप्पणी नरहेको प्रतिक्रिया दिए । ‘पार्टी स्थायी कमिटीको निर्णयबारे मेरो केही भन्नु छैन’ उनले भने । सामाजिक सन्जालमा भने एमाले कार्यकर्ताले जनताको बहुदलीय जनवाद (जबज) कार्यन्वयनमा ठाकुर गैरेभन्दा कोमल वलीको आवश्यकता नेतृत्वले देखेको भन्दै व्यंग्य गरेका छन् ।

अखिलका सचिब सुदेश पराजुलीले – अग्रज अन्यायमा परे ,न्याय कहाँ मागौ ।
“इतिहास सलाम योग्य छ ” । भन्दै फेसबुकमा आफ्नो स्टाटस राखेका छन भने एमालेका कार्यकर्ता कमल शाही भन्छन – राज्यका कुनै निकायले न्यायोचित निर्णय नगर्दा अदालत जाने ठाँउ त छ तर पार्टीहरुले नगर्दा जाने ठाँउ कता ? भन्दै सामाजिक संजालमा आक्रोस पोखेका छन । त्यस्तै अखिल कै नेता नरेश न्यौपाने सामाजिक संजालमा लेख्छन – यो प्रश्न केवल शंकर पोख्रेललाइ – कोमल ओलि एमालेको कुन संरचना बसेर जनताको सेवा गर्दै थिइन ? सिङ्गो नेकपा एमालेलाइ आरोप नलगाऔं मित्रहरु ! भन्दै ब्यांग्य गर्दछन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com